विज्ञापन

बुटवलका तत्कालिन डीएसपी ठगबहादुर दोषी ठहर, २ वर्ष कैद सजायको फैसला

विज्ञापन
Image
विज्ञापन

बुटवल । १८ लाख रुपैयाँ घुससहित पक्राउ परेका नेपाल प्रहरीका तत्कालीन प्रहरी नायब उपरीक्षक (डीएसपी) ठगबहादुर केसीलाई विशेष अदालतले दोषी ठहर गरेको छ । विशेष अदालतका अध्यक्ष न्यायाधीश टेकनारायण कुँवर र सदस्य न्यायाधीश रितेन्द्र थापासहितको इजलासले उनलाई मंगलबार भ्रष्टाचार मुद्दामा दोषी ठहर गर्दै २ वर्ष कैद र ८ लाख ५० हजार रुपैयाँ जरिवानाको फैसला गरेको हो ।

इलाका प्रहरी कार्यालय बुटवलका तत्कालीन डीएसपी केसी बुटवलमा कार्यरत रहँदा उनको निवासबाट अख्तियारले नगद र सुन बरामद गरेको थियो। २५ मंसिर २०७९ मा बुटवल उपमहानगरपालिका–५ हाटबजार नजिकबाट ३४ तोला २१ लाल ७ प्वाइन्ट सुन लिएर गएका उनले यस बारेमा कार्यालयमा जानकारी गराएका थिएनन् ।

पछि उनले सुन फिर्ता लगेको कागज गर्न लगाएका थिए । तर उनले सुन फिर्ता नगरी आफैंसँग राखेका थिए। त्यस क्रममा उनले दुई जनासँग क्रमशः ८ लाख ५० हजार र ९ लाख ५० हजार गरी १८ लाख रुपैयाँ घुस लिएको भन्दै अख्तियारले २०८० भदौ ३ गते मुद्दा दायर गरेको थियो ।

प्रतिक्रिया जनाउनुहाेस्
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन