११ कात्तिक, काठमाडौं । स्थानीय बजारमा सुकेको प्याजको भाउ बढेको छ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिको तथ्यांकले सुकेको प्याजको भाउ बढेको देखाएको हो ।
कालीमाटी बजारमा मंगलबार सुकेको प्याज प्रतिकिलो थोकमा न्यूनतम ३६ देखि अधिकतम ३८ रुपैयाँमा किनबेच भइरहेको छ ।
हिजो सोमबार सुकेको प्याज प्रतिकिलो थोकमा न्यूनतम ३४ देखि अधिकतम ३५ रुपैयाँमा किनबेच भएको थियो ।
हिजो सोमबारको तुलनामा प्याजको भाउ प्रतिकिलो थोकमा औसत ३ रुपैयाँ बढेको छ ।
प्याजको मूल्य थोरै मात्रामा मात्र घटबढ हुने व्यवसायीहरू बताउँछन् ।
प्रतिक्रिया जनाउनुहाेस्


















