२३ पुस, काठमाडौं । नियात्राकार छविरमण सिलवालको पुस्तक ‘अमेरिकाको घाम’ लोकार्पण गरिएको छ ।
श्रीओम श्रेष्ठ ‘रोदन’, नियात्राकार सिलवाल, सुमन सौरभ, केशव पराजुली, नन्दु उप्रेती, मधु पाठक, प्रदीप सापकोटा लगायतले बुधबार काठमाडौंमा कृति लोकार्पण गरेका हुन् ।
यसअघि १० वटा कृति प्रकाशित गरिसकेका सिलवालको यो दोस्रो नियात्रा संग्रह हो । पुस्तकमा विभिन्न शीर्षकका १३ थान नियात्रा समावेश भएका छन् ।
पुस्तक ‘अमेरिकाको घाम’ लाई भुँडीपुराण प्रकाशनले प्रकाशित गरेको हो ।
प्रतिक्रिया जनाउनुहाेस्
















