विज्ञापन

रास्वपा महाधिवेशन : ८० वटा इलेक्ट्रोनिक भोटिङ मेसिन तयार

विज्ञापन
Image
विज्ञापन

१० असार, चितवन । रास्वपाका ९९ केन्द्रीय सदस्यका लागि करिब ४ सय जनाको उम्मेदवारी परेको निर्वाचन आयोगले जनाएको छ ।

निर्वाचन आयोग प्रमुख भुवन केसीले उम्मेदवारहरुको संख्या अहिले नै निश्चित नभए पनि करिब ४०० जनाको मनोनयन दर्ता भएको जानकारी दिएका हुन् ।

‘केन्द्रीय सदस्यका लागि करिब चार सय जनाको मनोनयन दर्ता भएको छ । दर्ता भएकाहरुको संख्या निश्चित गर्न सूची तयार गर्दैछौं’ उनले भने ।

उनका अनुसार ८० वटा इलेक्ट्रोनिक भोटिङ मेसिनबाट मतदानको प्रबन्ध मिलाइएको छ । १५ देखि २० मिनेटमा एक जनाले भोट गरेर सकाउने र मतदान सकिएको १ घण्टामा नै नतिजा आउने रास्वपा निर्वाचन आयोगले जनाएको छ ।

उनका अनुसार बिहान ९ बजेदेखि मतदान सुरु गर्ने भनिए पनि अझै सुरु हुन सकेको छैन ।

विदेश स्थित नेपाली सम्पर्क विभागबाट प्रतिनिधि बनेकाहरुलाई मोबाइल एपबाटै मतदान गर्ने व्यवस्था गरिएको हो ।

विदेशबाट १६३ प्रतिनिधि रहेका छन् । उनीहरु मध्ये महाधिवेशनमा उपस्थित हुन नसकेकालाई मोबाइलबाटै मतदानको व्यवस्था गरिएको रास्वपाले जनाएको छ ।

रास्वपाको सभापति पदमा भने रवि लामिछाने निर्विरोध निर्वाचित भइसकेका छन् ।

केन्द्रीय सदस्यहरु चयन भइसकेपछि पदाधिकारीको निर्वाचन गराउने तयारी छ । रास्वपाको विधानमा सभापति र केन्द्रीय सदस्यहरु टुंगो लागिसकेपछि बल्ल महाधिवेशन प्रतिनिधिहरुले पदाधिकारी चयन गर्ने व्यवस्था छ ।

रास्वपाका अनुसार केन्द्रीय सदस्य र पदाधिकारीको मतदान आजै सकाएर आजै नतिजा सार्वजनिक गर्ने तयारी छ ।

रास्वपाको पहिलो महाधिवेशन असार ७ गतेदेखि चितवनमा जारी छ । ९ गते नै महाधिवेशन सक्ने भनिए पनि प्राविधिक समस्याका कारण प्रतिनिधि टुंगो लगाउन ढिलाइ हुँदा महाधिवेशन लम्बिएको छ ।

रास्वपा महाधिवेशनमा करिब ४ हजार प्रतिनिधिहरु छन् ।

रास्वपा विधानमा १९ पदाधिकारी र १५१ सदस्यीय केन्द्रीय समिति रहने व्यवस्था छ । ९९ जना केन्द्रीय सदस्य निर्वाचनबाट चुनिन्छन् भने ५१ जना केन्द्रीय सदस्यलाई सभापतिले मनोनीत गर्ने व्यवस्था छ ।

प्रतिक्रिया जनाउनुहाेस्
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन