विज्ञापन

आफूले चाहेर पनि आफ्नो नेता चुन्न गाह्रो पर्‍यो : आशिका तामाङ

विज्ञापन
Image
विज्ञापन

११ असार, चितवन । रास्वपा सांसद आशिका तामाङले आफूले चाहेर पनि आफ्नो नेता चुन्न गाह्रो परेको बताएकी छन् । महाधिवेशनको मतदानस्थलमा अनलाइनखबरसँग कुरा गर्दै उनले सो कुरा बताएकी हुन् ।

इलेक्ट्रोनिक भोटिङ मेसिनमार्फत् मतदान गरेपछि उनले नचिनेका/नजानेकालाई पनि मतदान गर्नैपर्ने अवस्था रहेको बताइन् ।

मेसिनमा भोट संकेत नगरी अर्को स्टेपमा जानै नपाइने सिस्टम रहेको बताउँदै उनले भनिन्, ‘आफूले चाहेर पनि आफ्नो नेतालाई चुन्नलाई चाहिँ अलिकता गाह्रो भयो ।’ नचिनेका/नजानेकालाई भोट हाल्दिनँ भन्न नपाइने अवस्था रहेको उनको भनाइ थियो ।

‘भोटिङको सिस्टम जुन राख्नु भएको छ– महिला, समावेशी अथवा खुला–महिला भनेर जुन भनिएको छ, त्यो अनुसारको छैन त्यहाँ,’ तामाङले भनिन्, ‘मन लागोस् कि नलागोस् ६४ जनालाई तपाईंले हाल्नै पर्ने । त्यो नहालीकन नेक्स्टमा जानै नपाइने ।’

उनले आफ्नै नाम खोज्न पाँच मिनेट जति समय लागेको पनि बताइन् ।

अछामका एकेन्द्रप्रसाद देवकोटाले पनि नचिनेकालाई जथाभावी भोट हालेर आएको बताए । ‘६४ जना खुल्लाबाट छ । ६४ जनामा हामी सबैलाई चिन्दैनौं नि त । चिनेजतिको राम्रा राम्रा सम्भावित व्यक्तिहरु जो छन्, तिनीहरुलाई भोट हालियो । नचिनेकोलाई घचाघच हालेर आएको हो ।’

प्रतिक्रिया जनाउनुहाेस्
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन