विज्ञापन

राष्ट्रपतिद्वारा गोपालमान श्रेष्ठप्रति श्रद्धाञ्जली व्यक्त

विज्ञापन
Image
विज्ञापन

१५ साउन, काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले पूर्वउपप्रधानमन्त्री गोपालमान श्रेष्ठको निधनप्रति गहिरो दुःख व्यक्त गर्दै समवेदना प्रकट गरेका छन् ।

राष्ट्रपति पौडेलले शुक्रबार प्रथम महिला सविता पौडेलसहित श्रेष्ठको सानेपास्थित निवासमा पुगेर श्रद्धाञ्जली अर्पण गरेका हुन् ।

राष्ट्रपति पौडेलले विद्यार्थी जीवनदेखि नै राजनीतिमा सक्रिय भएर श्रेष्ठले लोकतन्त्रको स्थापना, पुनःस्थापना तथा सुदृढीकरणका लागि भएका विभिन्न संघर्ष र आन्दोलनहरूमा पुर्‍याएको नेतृत्वदायी भूमिका पनि स्मरण गरे ।

राष्ट्रप्रतिको समर्पण, लोकतन्त्रप्रतिको अटल आस्था, समाजवादप्रतिको निष्ठा तथा सार्वजनिक जीवनमा नेता श्रेष्ठले पुर्‍याएको योगदान सधैँ स्मरणीय रहिरहने राष्ट्रपतिको भनाइ थियो ।

राष्ट्रपति पौडेलले श्रेष्ठको निधनले नेपालको लोकतान्त्रिक आन्दोलनमा क्षति पुग्नुका साथै मुलुकले निर्भीक र सत्यको पक्षपाती निष्ठावान लोकतन्त्रवादी व्यक्ती गुमाएको आफूले महसुस गरेको पनि बताए ।

प्रतिक्रिया जनाउनुहाेस्
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन