विज्ञापन

कांग्रेस देउवा समूहको राष्ट्रिय भेला

विज्ञापन
Image
विज्ञापन

२९ साउन, काठमाडौं । नेपाली कांग्रेसको संस्थापन इतर समूहको राष्ट्रिय भेला सुरु भएको छ। राष्ट्रिय भेला आयोजक समितिका संयोजक डा शशांक कोइरालाको अध्यक्षतामा सुरु भएको हो।

भेलामा गत माघमा सम्पन्न कांग्रेसको विशेष महाधिवेशनको विपक्षमा रहेका देउवा तथा डा शशांक कोइराला समूहका नेता-कार्यकर्ताको उपस्थिति छ। भेला मिराकल पार्टी प्यालेस काठमाडौंमा भएको हो।

भेलालाई हिजोमात्रै काठमाडौं आइपुगेका निवर्तमान सभापति शेरबहादुर देउवाले सम्बोधन गर्नेछन्। जेनजी आन्दोलनको क्रममा गम्भीर घाइते भएका उनी उपचारका लागि सिंगापुर गएका थिए। उनी पाँच महिनापछि हिजो नेपाल फर्किएका हुन्।

उनको स्वागतमा उनकै समूहका नेता कार्यकर्ताहरू त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगेका थिए। त्यहाँबाट बाजागाजासहित चुनदेवीमा रहेको यो समूहको सम्पर्क कार्यालयमा पुर्‍याइयो । त्यहाँ उनले सम्बोधनसमेत गरे। बन्दसत्र साउन ३० र ३१ गते हुने जनाइएको छ।

प्रतिक्रिया जनाउनुहाेस्
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन