विज्ञापन

नेपाली जुत्ताघर बुटवलमा दशैं धमाकाः जुत्ता–चप्पल खरिदमा खसी, फ्रिज र इलेक्ट्रोनिक्स सामान उपहार

विज्ञापन
Image
विज्ञापन

सरोज भुसाल,
बुटवल

नजिकिँदै गरेको नेपालीहरूको महान् तथा चाडपर्वहरूमध्येको ठूलो पर्व बडादशैंलाई लक्षित गर्दै रुपन्देहीको बुटवलस्थित कालिकानगरमा रहेको ‘नेपाली जुत्ताघर बुटवल’ ले विशेष ग्राहकमुखी योजना ‘बृहत दशैं धमाका अफर’ सार्वजनिक गरेको छ। स्वदेशी उत्पादन तथा नेपाली ब्राण्डहरूलाई प्रोत्साहन गर्ने र स्थानीय उपभोक्तालाई गुणस्तरीय सामान उचित मूल्यमा उपलब्ध गराउने मुख्य उद्देश्यका साथ यो विशेष छुट तथा उपहार अफर सञ्चालनमा ल्याइएको हो ।

नेपाली जुत्ताघर बुटवल, कालिकानगरका सञ्चालक दामोदर न्यौपानेका अनुसार सो शोरुमबाट ग्राहकले जुनसुकै स्वदेशी ब्राण्डका जुत्ता वा चप्पल खरिद गर्दा लक्की ड्रमा सहभागी हुने मौका पाउनेछन्। लक्की ड्रमार्फत छनोट हुने भाग्यशाली १ जना विजेतालाई दशैं पर्व भव्य रूपमा मनाउनका लागि एक वटा खसी प्रदान गरिनेछ भने अर्का १ जना भाग्यशाली विजेतालाई १ थान आधुनिक फ्रीज उपहारस्वरूप दिइने भएको छ

त्यस्तै अन्य थुप्रै विजेताहरूका लागि पनि आकर्षक उपहारको व्यवस्था गरिएको छ। बम्पर लक्की ड्र योजनाअन्तर्गत अन्य ५ जना विजेताहरूलाई ब्रान्डेड एयरपड्स, ५ जनालाई स्मार्ट वाच, ३ जनालाई जाडो मौसमका लागि उपयोगी हुने हिटर, ३ जनालाई कपडा स्त्री गर्ने आइरन, ५ जनालाई ब्राण्डेड जुत्ता र ५ जनालाई आकर्षक स्याण्डल उपहार प्रदान गरिनेछ ।

उपहार अफरका साथसाथै ग्राहकहरूलाई सोझै नगद छुटको पनि आकर्षक व्यवस्था गरिएको छ । एउटै छानामुनि २० भन्दा बढी उत्कृष्ट तथा चर्चित नेपाली ब्राण्डका ५ हजारभन्दा बढी प्रकारका जुत्ता–चप्पलहरू उपलब्ध गराउँदै आएको यस नेपाली जुत्ताघर कालिकानगरबाट जुनसुकै सामानको खरिदमा ग्राहकले न्यूनतम १५ प्रतिशतदेखि अधिकतम ५० प्रतिशतसम्म नगद छुट प्राप्त गर्न सक्नेछन्।

गुणस्तरीय नेपाली ब्राण्डका उत्पादन प्रयोग गर्न चाहने पारखीहरूका लागि यो दशैंमा किनमेल गर्ने, छुटको लाभ उठाउने र खसी तथा फ्रीजजस्ता आकर्षक उपहार जित्ने यो निकै उत्कृष्ट अवसर भएकोले बुटवल तथा आसपासका सर्वसाधारणलाई नेपाली जुत्ता घर बुटवल कालिकानगरस्थित शोरुममा गई मौकाको फाइदा उठाउन आयोजकले अनुरोध गरेको छ ।

प्रतिक्रिया जनाउनुहाेस्
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन