विज्ञापन

तनावले टाउको दुख्छ, किन ?

विज्ञापन
Image
विज्ञापन

धेरैजसो मानिसहरूले अनुभव गर्ने टाउको दुखाइको सबैभन्दा सामान्य प्रकार भनेको तनावको टाउको दुखाइ हो।

‘सानो कुरामा टाउको नदुखाऊ’, ‘टाउको दुखाउने कुरा नगर’ जस्ता भनाइहरू हामी बारम्बार प्रयोग गरेको वा सुनेको हुनुपर्छ ।

यस्ता भाष्यहरू विशेषगरी झन्झटिलो वा बोझिलो कामलाई पन्छाउनका लागि प्रयोग गरिन्छ ।

वास्तवमै झन्झटिलो वा बोझिलो लाग्ने कुराले तनाव गराउन सक्छ । जसले गर्दा टाउको दुखाइ हुन सक्छ ।

त्यसो भए, तनाव हुँदा किन टाउको दुख्छ ?

तनाव र टाउको दुखाइको सम्बन्ध भावनात्मक अवस्थासँग गहिरो रूपमा जोडिएको हुन्छ। जब हामी तनावमा पर्छौं, हाम्रो मस्तिष्कले ‘फाइट–अर–फ्लाइट’ प्रतिक्रिया दिन्छ।

यस क्रममा हाम्रो शरीरमा ‘कोर्टिसोल’ नामक हर्मोनको उत्पादन बढ्छ। यसले रक्तवाहिनीसँग सम्बन्धित केही प्रतिक्रियाहरूलाई उत्प्रेरित गर्छ, जसका कारण मस्तिष्कका रक्तनलीहरू खुम्चिन थाल्छन्। यसले रगत प्रवाहमा अवरोध पुर्‍याएर टाउको दुख्न थाल्छ।

यो पनि पढ्नुहोस
माइग्रेन हो कि सामान्य टाउको दुखाइ, कसरी थाहा पाउने ?
यदि हर्मोनको स्तर बढेर टाउकोको कन्चटको दाँयाबाँया भागको ठुलो मांसपेशी खुम्चिदै गएमा टाउको दुख्न सक्छ ।

तनावको टाउको दुखाइले आँखा, टाउको र घाँटी वरिपरि हल्का, मध्यम वा गम्भीर दुखाइ निम्त्याउँछ। तनावका कारण टाउको दुख्दा केही मानिसहरूलाई निधारमा कसिलो डोरीले बाँधिएको जस्तो महसुस हुन्छ।

यसलाई चिकित्सकहरूले ‘टेन्सन हेडएक’को नाम दिएका छन् ।

कस्ता तनावले टाउको दुख्छ ?

धेरैजसो मानिसहरूले अनुभव गर्ने टाउको दुखाइको सबैभन्दा सामान्य प्रकार भनेको तनावको टाउको दुखाइ हो। काममा अत्याधिक तनाव, दैनिक झगडा र जीवनमा असफलता जस्ता धेरै कारणहरूले तनाव बढाउँछन्, जसले पछि टाउको दुखाइ निम्त्याउँछ।

अहिले प्रायमा टाउको दुखाइको समस्या छ । किनकी, हामी तनावग्रस्त वातावरणमा छौं । कामको चाप र अवधि बढ्दो छ । कार्यालय, विद्यालय, परिवार र सम्बन्धमा तनाव पनि टाउको दुखाइको कारण हो।

तनावको टाउको दुखाइ कति जोखिमपूर्ण ?

तनावका कारण हुने टाउको दुखाइ आफैँमा जोखिमपूर्ण होइन । तर, दुखाइ हुँदा त्यसको कारण के होला भनेर सोच्न थालियो भने तनावमाथि तनाव हुन्छ । अनि जोडले टाउको दुखेर दैनिक कार्यमै प्रभाव पार्नसक्छ ।

तनावले नै टाउको दुखेको कसरी थाहा पाउने ?

कुनै कुरा पछि टाउको भारी भएको छ । दुखाइ मध्यम छ । अरु कुनै असामान्य लक्षण छैन । केही समयपछि आफैँ ठिक हुन्छ भने तनावले गराएको टाउको दुखाइ भनेर बुझिन्छ ।

तर, टाउको दुखाइसँगै आँखाको ज्योतिमा समस्या, टाउको दुखाइ बेग्लै खालको छ भने अन्य समस्या हो की भनेर हेर्नुपर्छ ।

त्यस्तै, बिजुली चम्किएको जस्तो गरी एक्कासी बेग्लै किसिमको दुखाइ छ भने दिमागभित्र नसा फुटेको वा पक्षघात हुनसक्ने संकेत हुनसक्छ ।

टाउको दुखाइसँगै उल्टी हुने, बिहान उठ्दा भारी हुने, हातखुट्टामा कमजोर भई काम्ने जस्ता लक्षण भए यो छारे रोग पनि हुनसक्छ । टाउकाको आधा भाग दुखेर औषधि खाँदा पनि ठिक भएको छैन भने माइग्रेनको लक्षण हुनसक्छ ।

के तनावले गराउने टाउको दुखाइमा कुनै लक्षण नै देखिँदैन ?

टाउको दुखाइसँग मन भारी हुने, पेट दुखेको जस्तो अनुभव हुने, झिँजो लाग्ने, खानेकुरा खान मन नलाग्ने र मनमा अनेकौं विचार आइरहने लगायतको लक्षण देखिन सक्छ ।

तनाव लामो समय भइरहेमा कस्तो असर पर्छ ?

तनाव लामो समय भइरहेमा कोर्टिसोल हर्मोनको उत्पादनमा वृद्धि हुन्छ । यसले टाउको दुखाउने मात्र होइन, मानसिक समस्याको शिकार पनि बनाउँछ । फलस्वरुप, टाउको दुखाइसँगै एन्जाइटी भएर मन आत्तिने, निराश हुने, काममा उत्साह नहुने, कामज्वरो आउने, कुनै गल्ती नगरे पनि ग्लानीको अनुभव भइरहने जस्ता लक्षण देखिएर कालान्तरमा डिप्रेसन हुनसक्छ ।

यस्तै लक्षण दिनहुँ देखिन्छ भने मनोचिकित्सकको परामर्श लिनु आवश्यक छ ।

टाउको दुखाइ निरन्तर बढिरहेमा के गर्ने ?

लामो समयसम्म टाउको दुखिरहन्छ भने चुप लागेर बस्न मिल्दैन । कुनै स्वास्थ्य समस्या पो हो कि भनेर परीक्षण गराउनुपर्छ । चार महिनाभन्दा बढी टाउको दुखाइ भएमा डिप्रेसन हुने सम्भावना चार गुणा बढी हुन्छ ।

दुखाइ निको पार्न पटक-पटक औषधि लिनु घातक

तनावले टाउको दुख्यो भने औषधि नखाएर एकैछिन अन्य कुरामा लाने, ध्यान गर्ने, हरियाली वातावरणमा बस्ने, एक कप चिया वा कफी पिउने गर्नुपर्छ । तनावपूर्ण वातावरणबाट शान्त ठाँउमा बसेमा पनि निको हुन्छ ।

यो पनि पढ्नुहोस
रक्सीको ह्याङओभर : के-के हुन्छ शरीरमा ?
त्यो सम्भव छैन भने ओभर द काउन्टर पारासिटामोल, फ्लेक्सन र निम्स जस्ता दुखाइ कम गर्ने औषधि खाने धेरैको बानी हुन्छ, जुन गलत अभ्यास हो ।

कहिलेकाहीँ टाउको दुख्दा साताको एक दुईपटक पारासिटामोल खाँदा केही असर गर्दैन । यति गर्दा निको भएन भने चिकित्सकलाई भेट्नु उचित हुन्छ ।

तर, साताको ६ देखि ७ वटा चक्की भन्दा बढी औषधि मात्र खाइरहने हो भने औषधिले गराउने साइड इफेक्टको रुपमा औषधिजन्य टाउको दुख्ने समस्या बढ्नसक्छ । जसलाई निको पार्न कठिन हुनसक्छ ।

तनावजन्य टाउको दुखाइले माइग्रेनको जोखिम कति ?

तनावजन्य टाउको दुखाइ लामो समयसम्म भएमा माइग्रेन हुने होइन । किनकी, माइग्रेन स्नायु सम्बन्धी समस्याका कारण हुनसक्छ भने यसमा हर्मोनको उत्पादनको कारणले हुनसक्छ । लामो समयसम्म दुखाइ भइरहन्छ भने अन्य रोगको लक्षण हो कि भनेर बुझ्नुपर्छ ।

कसरी बच्ने ?

-कहिलेकाहीँ टाउको दुखेमा ५ सय एमजीको पारासिटामोल औषधि एक वा दुई चक्की खान सकिन्छ ।

-सन्तुलित खानेकुरा खाने ।

-व्यायाम वा दैनिक हिडडुल गर्ने ।

-पानी प्रशस्त पिउने ।

– घर परिवारमा समय दिने ।

प्रतिक्रिया जनाउनुहाेस्
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन