विज्ञापन

ललितपुरमा गाडीले ठक्कर दिँदा ८ वर्षीया बालिकाको मृत्यु

विज्ञापन
Image
विज्ञापन

१० जेठ, काठमाडौं ललितपुर महानरपालिका–१५ ज्ञाननगर टोलमा गाडीले ठक्कर दिँदा ८ वर्षीया बालिकाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा सर्लाही घर भइ ललितपुर हात्तिवन बस्दै आएका अनिरुद्र प्रसाद साहकी ८ वर्षीया छोरी रोशनी छिन् ।

शनिबार दिउँसो साढे ३ बजेतिर ज्ञाननगर टोलमा बाटो काट्ने क्रममा प्र.०१–०३३ च ८७८० नम्बरको जिपले बालिकालाई ठक्कर दिँदै अघि बढेको थियो ।

जिपको ठक्करबाट गम्भीर घाइते भएकी बालिकालाई उपचारका लागि बी एण्ड बी अस्पताल लगिएकोमा शनिबार साँझ करिब ७ बजेतिर चिकित्सकले मृत घोषणा गरेका थिए ।

जिप चालक मकवानपुरको हेटौडा नगरपालिका–४ घर भइ ललितपुर हात्तिवन बस्ने २१ वर्षीय रोशन श्रेष्ठलाई पक्राउ गरी अनुसन्धान अघि बढाइएको जिल्ला प्रहरी परिसर ललितपुरका एसपी तथा प्रवक्ता गौतम मिश्रले बताए ।

श्रेष्ठमाथि सवारी ज्यान मुद्दामा अनुसन्धान अघि बढाइएको एसपी मिश्रले बताए ।

प्रतिक्रिया जनाउनुहाेस्
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन