विज्ञापन

कीर्तिपुर होल्डिङ सेन्टरका सुकुमवासीले बैंक खाता खोल्न मानेनन्, किन गरे अस्वीकार ?

विज्ञापन
Image
विज्ञापन

२१ जेठ, काठमाडौं । कीर्तिपुर होल्डिङ सेन्टरका सुकुमवासीले सरकारले भनेअनुसार बैंक खाता खोल्न अस्वीकार गरेका छन् ।

सरकारले घोषणा गरेअनुसार एकमुष्ट २५ हजार र पछि १५ हजार रुपैयाँ रकम उपलब्ध गराउने योजनाअनुरूप खाता खोल्न भनिए पनि उनीहरूले त्यो अस्वीकार गरेका हुन् ।

कीर्तिपुर होल्डिङ सेन्टरमा रहेका सुकुमवासी राजकुमार माझीका अनुसार बुधबार सरकारको तर्फबाट भन्दै प्रभु बैंकको टोली खाता खोलाउन कीर्तिपुर होल्डिङ सेन्टर पुगेको थियो । सरकारले दिने सुविधा त्यसमा उपलब्ध हुने भन्दै खाता खोल्न कागजात दिएर सहयोग गर्न बैंकको टोलीले अनुरोध गरेको थियो ।

‘प्रभु बैंकका मान्छेले, सरकारले पठाएको हो । तपाईंहरू आफ्नो कागजात दिनुस् हामी आफैं भरिदिन्छौ भने,’ माझीले अनलाइनखबरसग भने, ‘तर, हामी सबैले अस्वीकार गर्‍यौं।’

आफूहरूले सरकारले देखाएको जालोमा नफस्ने भन्दै खाता खोल्न नमानेको माझीले बताए । यसको साटो सरकारले दीर्घकालीन रूपमा व्यवस्थापन गरेर स्थायी प्रबन्ध मिलाउनुपर्ने उनीहरूको माग छ।

महानगर प्रहरी प्रमुख विष्णु जोशीले पनि सुकुमवासीले खाता खोल्न अस्वीकार गरेको पुष्टि गरे ।

‘खाता खोल्न बैंकका कर्मचारी जानुभएको थियो। तर कसैले सहयोग गर्नुभएन। सरकारले जालझेल गर्न खोज्यो, यतिमै अल्झाउने भयो भन्दै खाता खोलिदिनुभएन,’ जोशीले भने ।

प्रतिक्रिया जनाउनुहाेस्
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन