विज्ञापन

बीवाईडी गाडी प्रकरणमा राप्रपा र श्रम संस्कृति पार्टीले खोज्यो छुट्टै छानबिन समिति

विज्ञापन
Image
विज्ञापन

२८ जेठ, काठमाडौं । बीवाईडी गाडी प्रकरणमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) र श्रम संस्कृति पार्टीले छुट्टै छानबिन समिति खोजेको छ । यस्तो छानबिन समिति संसदीय छानबिन समिति वा प्रतिनिधिसभा अन्तर्गतको सार्वजनिक लेखा समिति अन्तर्गत उपसमिति गठन गर्न सकिने उनीहरूको राय छ ।

बिहीबार प्रतिनिधिसभा अन्तर्गतको सार्वजनिक लेखा समितिको बैठकमा बोल्दै राप्रपाकी प्रमुख सचेतक खुस्बु ओलीले यस्तो आग्रह गरिन् ।

श्रम संस्कृति पार्टीका आरेन राइले पनि छुट्टै छानबिनको माग गरे ।

‘छानबिन समिति मन्त्रालय अन्तर्गत भन्दा पनि सार्वजनिक लेखा समितिमा उपसमिति बनाएर हुन्छ कि के हुन्छ छानबिन गरौं । खास कुरा के हो ? त्यो निकाल्नुपर्‍यो’ उनी भन्छन्, ‘अर्ब भ्रष्टाचार भएको भनिएको छ । यदि यो भ्रम हो भने भ्रम भनेर प्रमाणित गर्नुपर्‍यो । यदि सत्य हो भने यो यो कारणले सही प्रमाणित भयो भन्नुपर्छ । जनतालाई अनयोलमा पारिरहन हुँदैन ।’

नेकपाका सांसद महेन्द्रबहादुर शाहीले पनि यस विषयमा छानबिन गरेर अघि बढ्नु पर्ने माग गरेका छन् ।

प्रतिक्रिया जनाउनुहाेस्
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन