विज्ञापन

तिलगंगा बस्ती हटाएको विरोधमा पशुपति विकास कोषमा ४५ दिनदेखि धर्नामा पीडित

विज्ञापन
Image
विज्ञापन

३ असार, काठमाडौं । पशुपति क्षेत्र विकास कोषको गुरुयोजना कार्यान्वयनका क्रममा सरकारले आफूहरूमाथि अन्याय गरेको भन्दै तिलगंगा क्षेत्र (ब्लक बी १३) का पीडितहरु विगत ४५ दिनदेखि धर्नामा बसेका छन् ।

सरकारले गत वैशाख १८ र १९ गते तिलगंगा क्षेत्र (ब्लक बी १३)मा बसोवास गर्दै आएका नागरिकको घर टहरा भत्काएको थियो ।

आफूहरू सुकुम्बासी नभएपनि सरकारले सुकुमबासीझैँ गरेर अधिकार हनन गरेको आरोप लगाउँदै उनीहरू गौशालास्थित पशुपति क्षेत्र विकास कोषको मुख्य गेट अगाडि धर्नामा बसिरहेका छन् ।

स्थानीय सुदर्शन गौतमले आफूहरू सुकुम्बासी नभई राज्यलाई कर तिरेर वैधानिक रूपमा बसोबास गरिरहेका नागरिक भएको स्पष्ट पारे । गौतमका अनुसार हालै संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रीसँग भएको छलफलमा प्रभावित पक्षले आवश्यक कागजात र सम्झौताका प्रमाण पुन: बुझाएको छ ।

मन्त्रीले घटनाबारे पर्याप्त जानकारी नपाई घर भत्काइएको विषयमा सम्बन्धित निकायबाट कागजात मागिएको जानकारी दिएको उनले बताए ।

‘हामीले जग्गा नपाउने भन्ने कुरा त हुँदैन । हामी सुकुम्बासी अथवा त्यत्तिकै आएर सरकारी जग्गा हडपेर बसेका हौइनौँ । हामी त लालपूर्जा लिए र भवन निर्माण सम्पन्न गरेर वडा कार्यालयमा कर तिरेर बसेको स्वाभिमानी नेपाली नागरिक हौं,’ उनले भने, ‘यदि गुरुयोजना मान्ने हो भने गोठाटारमा हामीलाई जग्गा दिनुपर्यो, होइन भने सरकारले हामी बस्दै आएको घर भत्काउनुको कुनै तुक नै रहेन । किनभने हामी त यहाँबाट स्थानान्तरण हुन राजी भएको हो नि त ।’

प्रतिक्रिया जनाउनुहाेस्
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन