विज्ञापन

सिटिजन्स बैंकमा अनुभवी तथा व्यावसायिक सञ्चालक समिति, सुशासनको प्रतिवद्धता

विज्ञापन
Image
विज्ञापन

८ असार, काठमाडौं । वि.सं. २०६४ साल वैशाख ७ गते देखि मुलुकको २० औं वाणिज्य बैंकको रुपमा सञ्चालनमा आएको सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले हालै ८ औं विशेष साधारणसभा सम्पन्न गरिसकेको छ ।

८ औं विशेष साधारणसभाबाट सर्वसाधारण शेयरधनीका तर्फबाट ३ जना र संस्थापक सेयरधनीका तर्फबाट १ गरी जम्मा ४ जना सञ्चालक निर्वाचित भएका छन् । सर्वसाधारणलाई सेयर वितरण गरेको वर्षदेखि नै सेयरधनीहरुलाई निरन्तररुपमा लाभांश वितरण गर्न सफल यस बैंकको सञ्चालक समितिमा अनुभवी एवम् कुशल व्यवसायिक व्यक्तित्वहरू आवद्ध भएका छन् ।

सञ्चालक समितिको अध्यक्षमा सफल युवा व्यवसायीका रुपमा परिचित तथा उघोग वाणिज्य महासंघका उपाध्यक्ष प्रबलजंग पाण्डे छन् । इन्जिनियरिङमा स्नातकको उपाधि प्राप्त गरेका पाण्डेसँग औषधिमूलक उत्पादन (फर्मास्युटिकल्स) तथा सिमेन्ट उत्पादनको करिव २० वर्षभन्दा लामो समयको अनुभव रहेको छ । उनी विभिन्न सामाजिक तथा पेशागत संस्थामा समेत आवद्ध छन् ।

सञ्चालक समितिका अन्य सदस्य पनि आ–आफ्नो क्षेत्रमा सफल एवम् विज्ञ छन् । सञ्चालक समितिका सदस्य प्रकाशचन्द्र मैनाली देशकै ख्यातिप्राप्त एक संयुक्त लगानीको वाणिज्य बैंकमा करिव ९ वर्ष कार्यानुभव उनले बटुलेका छन् । साथै सेवामुलक उद्योग तथा कुखुरा एवम् पंछीजन्य उद्योगमा लामो समयदेखि आवद्ध छन् ।

बैंकका अर्का सञ्चालक दिग्विजय विष्ट एक कुशल र अनुभवी व्यवसायी हुन् । उनले करिब २५ वर्षभन्दा बढी समयदेखि पूँजीबजार, वित्तीय क्षेत्र र अन्य व्यवसायमा अनुभव हासिल गरेका छन् । मियामी युनिभर्सिटी, ओहायो यूएसएबाट एमबीए गरेका उनी सामाजिक र व्यावसायिक संस्थामा पनि आवद्ध छन् ।

बैंकका अर्का सञ्चालक अनिल ज्ञवालीसँग बैंकिङ क्षेत्रमा करिब साढे तीन दशक लामो अनुभव छ । शाखा सञ्चालन तथा जोखिम व्यवस्थापनमा अब्बल तथा अनुभवी बैंकरका रूपमा परिचित ज्ञवालीले विभिन्न वाणिज्य बैंकमा महत्त्वपूर्ण ओहदामा रहेर आफ्नो कार्यकुशलता प्रदर्शन गरिसकेका छन् ।

वाणिज्य बैंकमा सहायक प्रबन्धकबाट बैंकिङ पेशा सुरु गरेका ज्ञवालीसँग नेपालका ठूला २ वटा वाणिज्य बैंक तथा नेपाल पूर्वाधार बैंकको प्रमुख कार्यकारी अधिकृतको रुपमा कार्यसम्पादन गरेको अनुभव छ । फिलिपिन्सबाट व्यवस्थापन विषयमा स्नातकोत्तर गरेका उनीसँग अन्तर्राष्ट्रिय बैंकमा काम गरेको अनुभव समेत छ ।

सञ्चालक समितिका सदस्य डा. बिनोद आत्रेय एक अनुभवी पूर्व केन्द्रीय बैंक अधिकारी हुन् । उनले ४० वर्षभन्दा बढी केन्द्रीय बैंकमा विभिन्न तहमा रहेर काम गरिसकेका छन् । तालिम र विकास, रणनीतिक योजना, मानव संशाधन व्यवस्थापन र सामान्य सेवाहरूको प्रशासन तथा सुक्ष्म वित्त (माइक्रो फाइनान्स) सञ्चालन जस्ता क्षेत्रमा उनी अनुभवी छन् ।

उनले सात वर्षसम्म संघीय राष्ट्रहरूमा संयुक्त राष्ट्र परियोजनामा काम गरिसकेका छन् र त्यहाँ विभिन्न मन्त्रालयहरूको लागि संस्थागत सुधार र पुनर्संरचना कार्य योजना तयार गरेका छन् । उनी तीन वर्षभन्दा बढी समय सार्वजनिक क्षेत्रको बैंकमा प्रमुख कार्यकारी अधिकृतको रूपमा समेत आवद्ध भई बैंकलाई नाफामुखी बनाउनका लागि सुधार लागु गरेको कार्यानुभव छ ।

८ औं विशेष साधारणसभाबाट सर्वसाधारण सेयरधनीका तर्फबाट निर्वाचित भएकी सञ्चालक समिति सदस्य हीमा देवी खड्का केसीसँग विभिन्न अन्र्तराष्ट्रिय विकास संस्थाहरू यूएनडीपी, आईएलओ, जीआईएक्स, अक्सफाम जीबी लगायत संस्थाहरूमा वरिष्ठ नेतृत्व एवम् कार्यक्रम व्यवस्थापकको रुपमा २० वर्षभन्दा बढी अनुभव छ ।

उनले अन्तराष्ट्रिय परिपेक्ष्यमा आइपरेका संकट र संकटनिवारण एवम् विकासशील सन्दर्भहरूमा कार्यक्रम व्यवस्थापन, रणनीतिक नीतिमा नेतृत्वदायी भूमिका खेलेकी छन् । उनले पछिल्लो समय यूएनडीपी यमनमा सब–अफिस प्रमुखको रूपमा नेतृत्वदायी भूमिका निर्वाह गरेकी हुन् ।

उनले विभिन्न अन्तर्राष्ट्रिय संस्थाहरूको तर्फबाट नेपाल, यमन, अफ्गानिस्तान, तान्जानिया, नाइजेरिया, ताजिकिस्तान, लाओस र जिम्बावे जस्ता देशहरुमा साझेदारी बनाउने, स्रोत जुटाउने, सार्वजनिक–निजी सहयोग, संस्थागत सुदृढीकरण र समावेशी विकासमा योगदान पुर्‍याएकी छन् ।

सर्वसाधारण सेयरधनीका तर्फबाट निर्वाचित भएका अर्का सञ्चालक समिति सदस्य डा. राजेन्द्र पण्डित, केन्द्रीय बैंकका पूर्व अधिकारी हुन् । उनले २० वर्षभन्दा बढी केन्द्रीय बैंकमा विभिन्न तहमा रहेर काम गरिसकेका छन् । केन्द्रीय बैंकमा रहँदा उनले राष्ट्रको आर्थिक नीति र मौद्रिक रणनीतिहरूको विश्लेषण र विकासमा योगदान पुर्‍याउनुका साथै बैंकको विदेश मुद्रानीति, आर्थिक डेटा प्रणाली र वित्तीय समावेशीकरण नीति तयार गर्नको लागि योगदान गरेका छन् ।

डा. पण्डितले साना व्यवसाय र उद्यमशीलता सम्बन्धी अनुसन्धानमा गहिरो चासो राख्दछन् । कोभिड १९ महामारीको असर साना व्यवसायहरूको टिकाउपनमा कस्तो प्रभाव पार्छ भन्ने विषयमा उनले अनुसन्धान समेत गरेका छन् । डा. पण्डितले पब्लिक पोलिसी र प्रशासनमा पीएचडी गरेका छन् । यसका अतिरिक्त उनले अर्थशास्त्रमा एमएससी/एमएको अध्ययन र विगत दुई दशकमाथि विश्लेषणात्मक तथा नीतिविश्लेषणका क्षेत्रहरूमा विशेषज्ञता हासिल गरेका छन् ।

डा. पण्डितले अमेरिकामा विभिन्न अन्तर्राष्ट्रिय संस्थानहरूसँग काम गरेका छन् । नेपाल र विश्वका प्रमुख सम्मेलनहरूमा प्रस्तुतीकरण गरिसकेका डा. पण्डित एक योग्य प्रशिक्षक, वक्ता, र विभिन्न जर्नलहरूको सम्पादकीय बोर्डका सदस्य समेत हुन् । उनले म्यानेजमेन्ट एसोसिएसन अफ नेपालको प्रथम उपाध्यक्षको रूपमा समेत भूमिका निर्वाह गरिसकेका छन् ।

शिक्षण र मार्गदर्शनमा डा. पण्डितले भिर्गिना कमनवेल्थ युनिभर्सिटीमा ग्राजुएट शिक्षण सहायकको रूपमा पाठ्यक्रम संचालन गरेका छन् र काठमाडौं युनिभर्सिटीमा अर्थशास्त्रका विभिन्न विषय पढाउँदै आएका छन् । उनले २०११ को आर्थिक सर्वेक्षण सहलेखन गरेका थिए । सिटिजन्स बैंकले सञ्चालक समितिको संरचनामा अनुभव, व्यावसायिकता र सुशासनलाई उच्च प्राथमिकता दिएको छ ।

प्रतिक्रिया जनाउनुहाेस्
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन