विज्ञापन

वित्तीय प्रणालीको ७० अर्ब खिच्दै केन्द्रीय बैंक

विज्ञापन
Image
विज्ञापन

१० असार, काठमाडौं । वित्तीय प्रणालीमा अधिक तरलताको समस्या झनै जटिल बनेको छ । अधिक तरलता व्यवस्थापनका लागि केन्द्रीय बैंकले बुधबार प्रणालीको ७० अर्ब खिच्न लागेको हो ।
केन्द्रीय बैंकले दैनिक स्थायी निक्षेप सुविधा र निक्षेप संकलन उपकरणमार्फत बारम्बार अधिक तरलता व्यवस्थापनको प्रयास गर्दै आएको छ । केन्द्रीय बैंकसँग बैंक तथा वित्तीय संस्थाको १० खर्ब ९४ अर्ब रुपैयाँ खिचेको रकम छ । यो रकम केन्द्रीय बैंकले निक्षेप संकलन उपकरण र स्थायी निक्षेप सुविधा मार्फत खिचेको हो ।

राष्ट्र बैंकका अनुसार बिहीबारसम्म वित्तीय प्रणालीमा करिब ५६ अर्ब तरलता रहेको छ । तर, बैंक तथा वित्तीय संस्थाले स्थायी निक्षेप तथा निक्षेप संकलन मार्फत केन्द्रीय बैंकमा राखेका पैसा परिपक्व हुने भएपछि त्यसलाई पुनः खिच्नका लागि निक्षेप संकलन उपकरण केन्द्रीय बैंकले जारी गरेको हो । बैंक तथा वित्तीय संस्थाले अधिक तरलता भएको अवस्थामा अल्पकालका लागि स्थायी निक्षेप सुविधा मार्फत केन्द्रीय बैंकमा राख्छन् ।

निक्षेप संकलन उपकरणमा केन्द्रीय बैंकले थोरै ब्याजदर माग्ने बैंक वित्तीय संस्थालाई प्राथमिकतामा राखेर रकम लिने गर्छ । केन्द्रीय बैंकले वित्तीय प्रणालीको तरलता अवस्था र अन्तर बैंक ब्याजदर व्यवस्थापनका लागि निक्षेप संकलन, स्थायी निक्षेप सुविधा लगायत उपकरण मार्फत बजारको पैसा खिच्छ । त्यसैगरी प्रणालीमा तरलताको अवस्था कसिलो हुँदा स्थायी तरलता सुविधा, रिपो मार्फत प्रणालीमा पैसा पठाउँछ ।

केन्द्रीय बैंकले वित्तीय प्रणालीमा तरलता पठाउँदा ब्याजदर करिडोरको माथिल्लो सीमाको रुपमा रहेको बैंक दरमा ब्याज लिन्छ भने तरलता खिच्दा करिडोरको तल्लो सीमा स्थायी निक्षेप सुविधा दर बराबरको ब्याज दिन्छ । हाल बैंक दर ६ र स्थायी निक्षेप सुविधा दर २.७५ प्रतिशत रहेको छ ।

प्रतिक्रिया जनाउनुहाेस्
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन