विज्ञापन

दुई दिनदेखि हराइरहेका अढाई वर्षीय बालक सामुदायिक वनमा सकुशल भेटिए

विज्ञापन
Image
विज्ञापन

४ भदौ, काठमाडौं । दुई दिनदेखि नवलपरासी पूर्वको एक सामुदायिक वनमा हराइरहेका अढाई वर्षीय बालकको सकुशल उद्धार भएको छ । नवलपरासी पूर्वको गैँडाकोट नगरपालिका–१४, भागरबाट हराएका अढाई वर्षीय शिवान तामाङको दुई दिनपछि सामुदायिक वनबाट सकुशल उद्धार गरिएको हो ।

भदौ २ गते बिहान ७ बजे शिवानकी हजुरआमा हेमकुमारी आले घरनजिकै रहेको शंखदेवी सामुदायिक वनमा च्याउ टिप्न गएकी थिइन् । उनी घर फर्किँदा शिवान तामाङ घरमा थिएनन् ।

स्थानीय बासिन्दा तथा छरछिमेकीले वन क्षेत्रमा खोजतलास गर्दा पनि शिवान फेला नपरेपछि इलाका प्रहरी कार्यालयमा निवेदन दिएका थिए ।

शिवानको खोजीका लागि स्थानीय बासिन्दासँगै इलाका प्रहरी कार्यालय गैँडाकोट, इलाका प्रहरी कार्यालय रजहर तथा अस्थायी प्रहरी पोस्ट बेल्डियाबाट टोली परिचालन गरिएको थियो ।

खोजतलासका क्रममा बिहीबार बिहान १० बजे शिवान गैँडाकोट नगरपालिका–१४ स्थित शंखदेवी सामुदायिक वनअन्तर्गत भागर खोलाको सिरानमा फेला परेका छन् ।

सकुशल उद्धार गरिएका बालकलाई आवश्यक प्रक्रिया पूरा गरी आफन्तको जिम्मा लगाइएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया जनाउनुहाेस्
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन