विज्ञापन

उपचारका लागि हिँडेरै अस्पताल पुगेकी युवतीको मृत्यु, प्रदेश अस्पताल परिसर तनावग्रस्त

विज्ञापन
Image
विज्ञापन

सुर्खेत । पश्चिम दैलेखको आठबिस नगरपालिका–५, पिपलकोटकी २२ बर्सिया भीमा(रिजुका) गुरुङ बलामी पेट दुखेको भन्दै उपचारका लागि सुर्खेत आइन् । उनी सामान्य चेकजाँचका लागि मात्रै सुर्खेत आएकी थिइन् । वीरेन्द्रनगरको एक निजी अस्पतालमा सामान्य चेकजाँच गराउँदा पाठेघरमा केही समस्या भएको देखियो । त्यस पश्चात् उनी देशकै उत्कृष्ट मानिएको प्रदेश अस्पताल जाने निधो गरिन् ।

बिहीबार बिहानै उनी अस्पताल भर्ना भएकी थिइन् । हिँडेर आफैँ अस्पताल पुगेकी थिइन्, भीमा । अस्पतालमा चेकजाँच गराउँदा ४ महिनाअघि प्रसूति गराउँदाका बखत पाठेघरमा केही सालनाल रहेको कुरा चिकित्सकहरूले जानकारी दिए । भीमाको पेटमा केही महिनाको बच्च समेत थियो ।
पाठेघरलाई सफा गर्नुपर्ने भयो । अप्रेसन गरेर सफा गर्दै गर्दा केही समयपछि नै अस्पतालले उनलाई मृत घोषणा गरिदिएको भीमाका जेठाजु हर्क बहादुर बलामीले रातोपाटीलाई जानकारी दिए । ‘हामी बाहिर बसिरहेको थियौँ, एक्कासि शव बुझ्न भनेपछि, हामी त अचम्मित भयौँ,’उनले भने, ‘हिँडेर अस्पताल गएकी भाइ बुहारीको एक्कासि शव बुझ्न भन्दा पत्याउन सकिने कुरै थिएन ।’

अस्पतालले दिउँसो तीन बजेतिर मृत घोषणा गरेको थियो । उनका अनुसार परिवारलाई भेट्नै नदिई एक्कासि रगत अभाव भयो भन्दै रगत मगाएको र केही समयमै मृत घोषणा गरियो । आफन्तहरूले डाक्टरहरूको लापरबाहीका कारण नै उनको मृत्यु भएको भन्दै आन्दोलन गरिरहेका छन् ।

‘यो प्रदेश अस्पतालले सामान्य पेट दुखेको मान्छेलाई उपचार गर्न नसकेर मार्छ भने प्रदेश अस्पताल कस्का लागि र किन ?,’ जेठाजु हर्क बलामी भन्छन्, ‘तत्काल छानबिन गरी यस्ता गैरजिम्मेवारी डाक्टरहरूलाई बर्खास्तसँगै कानुनी कारबाही गर्नुपर्छ भन्ने हाम्रो माग हो ।’ भीमाको मृत्यु भएसँगै अस्पताल परिसर तनावग्रस्त छ भने अझै परिवारले शव बुझ्न मानिरहेका छैनन् । उचित क्षतिपूर्तीसहित छानबिनको माग आफन्तहरूले गरेका छन् ।

शुक्रबार बिहान १० बजेदेखि चरणबद्ध आन्दोलनको कार्यक्रम अगाडि बढाइने तयारी आफन्तहरूले गरेका छन् । यस्ता प्रदेश अस्पतालका सूचना अधिकारी विनोद बस्नेतले उक्त घटनाबारे अनुसन्धान भइरहेको बताए । ‘उहाँको अवस्था गाह्रो नै थियो भन्ने रिपोर्ट छ, अप्रेसन गर्दा भ्रूणलाई फाल्नुपर्ने हुँदा, त्यस क्रममा मृत्यु भएको जानकारी आएको छ,’उनले भने, ‘अझै टेक्निकल विषयमा के भएको हो आज हामी छलफल गर्दै छौँ ।’

प्रदेश अस्पताललाई देशकै उत्कृष्ट भनिएपछि सेवा प्रवाहका विषयमा भने व्यापक प्रश्न उठ्दै आएको छ ।

प्रतिक्रिया जनाउनुहाेस्
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन