विज्ञापन

गुल्मीमा शिक्षकको कृषि कर्म : एकै वर्ष १७ लाखको सुन्तला उत्पादन

विज्ञापन
Image
विज्ञापन

१४ पुस, गुल्मी । धुर्काेट गाउँपालिका–२ पिपलधारा कटौजेका विष्णु खनाल पेसाले शिक्षक हुन् । ३५ वर्षदेखि शिक्षण पेसामा रहेका खनाल गाउँकै गणेश माध्यामिक विद्यालयमा पढाउँछन् ।

अध्यापनका अलावा खनालले आफ्नो समय कृषि कर्ममा बिताउने गरेका छन् । उनी कृषिमा लागेको पनि ३५ वर्षभन्दा बढी नै भयो । उनको सुन्तला बगैंचा छ । अध्यापनबाहेकको समय उनी त्यहीँ बिताउँछन् ।

कटौजे सुन्तला उत्पादनका लागि उपयुक्त ठाउँ हो । त्यसैले खनालको बगैंचामा पनि राम्रो उत्पादन हुने गरेको छ । खनालले यसपटक मात्रै १७ लाख बढी (२७ टन)को सुन्तला उत्पादन भएको बताए ।

खनालले २९ रोपनी जग्गामा सुन्तला लगाएका छन् । अहिले एक हजार १०० बोटले उत्पादन दिइरहेका छन् । त्यसमध्ये ५०० कलमी र ६०० बिजु बोट छन् ।

सुन्तला गुल्मीसहित अर्घाखाँची, कपिलवस्तु, बुटवल, नारायणघाट हुँदै काठमाडौंसम्म बिक्री हुने गरेको छ । यसपटक उत्पादन र भाउ दुवै राम्रो भएको खनालले बताए । घरबाटै होलसेल ६० रुपैयाँ प्रतिकिलोमा सुन्तला बिक्री गरेको खनालले बताए ।

बगैंचाको आम्दानीले १० जनाको परिवारको खर्च चलेको छ । केही व्यक्तिलार्य उनले रोजगारी पनि दिएका छन् । खनाल गाउँका युवाहरुका लागि प्रेरणा पनि बनेका छन् । उनको कर्म देखेर गाउँका अरुले पनि सुन्तला खेती गर्न थालेका छन् ।

उनको सुन्तला बगैंचा जिल्लामै व्यवस्थित र उत्कृष्टमध्यमा पर्दछ । उनले सुन्तलासँगै मौरी पालन पनि गरेका छन् ।

प्रधानमन्त्री कृषि आधुनिकि करण परियोजना परियोजना कार्यान्वयन इकाइ सुन्तला जोन गुल्मीमार्फत विभिन्न खालका सहयोगले सुन्तला उत्पादनमा वृद्धि गर्न मद्दत मिलेको खनालले बताए ।

जिल्लामा सुन्तला उत्पादन हुने क्षेत्रमा पकेट क्षेत्र निर्धारण गरेर सुन्तला उत्पादन वृद्धि गर्न प्रधानमन्त्री कृषि आधुनिकि करण परियोजना परियोजना कार्यान्वयन इकाइ सुन्तला जोन गुल्मीले विभिन्न खालका प्राविधिक सहयोग गरेको इकाइ प्रमुख गंगा पोखरेलले बताइन् ।
पछिल्लो समय बसाइँसराइका कारण जनशक्ति अभावले खेतीयोग्य जमिन बाँझो हुने क्रम बढेको बेला गुल्मीमासुन्तला खेती बढ्दै गएको छ । जिल्लामा यस वर्ष १६ करोडको सुन्तला उत्पादन हुने प्रक्षेपण गरिएको छ ।

अझै पनि केहीले परम्परागत रुपमै खेती गर्दा भने रोगको समस्या देखिने गरेको छ । बगैंचामा सूक्ष्म तत्व, मलखादको प्रयोग नगर्नुका कारण बोट तथा रसिलो फलहरुमा कमी आउनु, विभिन्न रोगहरु देखा पर्नु, सिँचाइ तथा बोटहरुको काँटछाँटमा कम ध्यान दिनुलगायतका समस्या रहेको प्रधानमन्त्री कृषि आधुनिकि करण परियोजना परियोजना कार्यान्वयन इकाइ गुल्मीले जनाएको छ ।

कार्यालयले प्रभावकारी रुपमा रोग–किराको व्यवस्थापन गर्ने, उत्पादन क्षेत्र थप निर्माण गर्दै जाने, फल टिप्न, ग्रेडिङ, भण्डारण, ढुवानी र बजार व्यवस्थापनमा सुधार गर्दै लाने गरी कार्यक्रम गर्दै आएको छ ।

जिल्लामा फल दिने नदिने गरी कुल एक हजार २७ हेक्टर क्षेत्रफलमा चार लाख १० हजार आठ सय बढी सुन्तलाका बिरुवा छन् । जसको ६०.६ प्रतिशत अर्थात दुई लाख ४९ हजार दुई बोटहरुले उत्पादन दिइरहेको तथ्यांक छ ।

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना परियोजना कार्यान्वयन इकाइमार्फत जिल्लाका इस्मा र मालिका गाउँपालिकाका स्थानीय तहबाहेक अरु १० स्थानीय तहका वडाहरुमा पकेट क्षेत्र निर्धारण गरेर सुन्तला खेतीबारे विभिन्न सहयोग गरिएको छ ।

प्रतिक्रिया जनाउनुहाेस्
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन