विज्ञापन

‘मन बिनाको धन’ बाट ठुलो पर्दामा फर्कँदै सन्तोष पन्त र रमा थपलियाको जोडी

विज्ञापन
Image
विज्ञापन

टेलिशृंखला हिजो आजका कुराका चर्चित जोडी वरिष्ठ कलाकार सन्तोष पन्त र रमा थपलिया ठूलो पर्दामा पुनः देखिने भएका छन् । संगीतकर्मी टंक बुढाथोकीका निर्माण र निर्देशनमा बन्न लागेको चलचित्र ‘मन बिनाको धन’ बाट उनीहरु ठुलो पर्दामा पुनः देखिने भएका हुन् ।

कोटेश्वरमा रहेको महादेव मन्दिरमा पूजा गर्दै शुभमुहुर्त गरिएको उक्त चलचित्रमा सन्तोष र रमासहित सरोज खनाल, नीता ढुंगाना, बुद्दि तामाङ, भोला सापकोटा, रवीन्द्र झा, उत्सव सापकोटा, रमेश विश्वकर्मालगायत कलाकारको अभिनय रहनेछ । चलचित्रको शीर्ष भूमिकामा भने बाल गायक तथा कलाकार अशोक दर्जी रहने निर्माण पक्षले जानकारी दिएको छ ।

आफ्नो हिट गीत ‘मन बिनाको धन’ शीर्षकमा बन्ने चलचित्रको कथा पनि निर्माता र निर्देशन टंक बुढाथोकी आफैंले लेखेका हुन् । चलचित्रमा टंक बुढाथोकीको संगीत पनि रहनेछ । चलचित्रमा सौरभ लामाको छायांकन, कविराज गहतराजको कोरियोग्राफी, मित्र डी।गुरुङको सम्पादन र नवराज शर्माको मुख्य सहायक निर्देशन रहने छ।

चलचित्रको शुभमुहुर्तमा सरोज खनालले क्ल्याप, युवा व्यवसायी टिका बुढाथोकीले नरिवल फोरेका थिए भने अशोक दर्जी र सन्तोष पन्तले मुहर्त शर्ट दिएका थिए। चलचित्रको छायांकन आजैदेखि सुरु भएको निर्माण पक्षको भनाइ छ ।

प्रतिक्रिया जनाउनुहाेस्
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन