विज्ञापन

बुटवलमा विश्व रक्तदाता दिवसको अवसरमा रक्तदान कार्यक्रम सम्पन्न

विज्ञापन
Image
विज्ञापन

बुटवल । विश्व रक्तदाता दिवसको अवसरमा मानवअधिकार तथा शान्ति समाज रुपन्देही र नेपाल स्वयंसेवी रक्तदाता समाज रुपन्देहीको संयुक्त आयोजनामा बुटवलस्थित ब्लड बैंकमा रक्तदान कार्यक्रम सम्पन्न भएको हो। कार्यक्रममा ४६ जनाले रक्तदान गरेका थिए भने स्वयंसेवी रक्तदाता सहकारीको पनि सहकार्य रहेको थियो।

मानवअधिकार तथा शान्ति समाज रुपन्देहीका सभापति अर्जुन ज्ञवालीले रक्तदानलाई उच्चतम मानवीय कार्यको रूपमा व्याख्या गर्दै रक्त अभाव हटाउन यस्ता कार्यमा निरन्तरता आवश्यक भएको बताए। उनले मानिस स्वस्थ भएर बाँच्न पाउने अधिकार सुरक्षित गर्नका लागि रगत निःशुल्क र उपलब्ध हुनुपर्नेमा जोड दिए।

नेपाल स्वयंसेवी रक्तदाता समाज रुपन्देहीका अध्यक्ष कृष्ण चौहान क्षेत्रीले विश्व रक्तदाता दिवसलाई सम्पूर्ण रक्तदाताहरूको उत्सवको दिन भन्दै २०२५ को नारा “Give blood, give hope – together we save lives” को महत्त्व स्पष्ट पारे। उनले रगतको विकल्प रगत नै भएको भन्दै सबैलाई रक्तदान अभियानमा ऐक्यबद्ध भएर सहभागी हुन आग्रह गरे।

कार्यक्रम संयोजक तुल्सा न्यौपानेले रक्तदानमा सहभागी सबैलाई आभार प्रकट गर्दै यस्ता सामाजिक कार्यहरूमा सहकार्यले थप ऊर्जा दिने बताइन्। आगामी दिनहरूमा निरन्तर रक्तदान कार्यक्रम सञ्चालन गरिने जानकारी दिइन्।

कार्यक्रमको सुरुआत शान्ति समाज रुपन्देहीका निवर्तमान सभापति कृष्ण भट्टराईलाई रक्त सङ्कलन सामग्री हस्तान्तरण गरेर गरिएको थियो। उनले रक्तदान गर्न पाउँदा खुशी व्यक्त गर्दै आयोजक संस्थाहरूप्रति कृतज्ञता व्यक्त गरे।

कार्यक्रममा शान्ति समाजका उपसभापति कृष्ण पाण्डे, केन्द्रीय सदस्य रत्ना कँडेल, सदस्य सागर भुसाल लगायतका रक्तदाता तथा समाजसेवीहरूको उपस्थिति थियो। कार्यक्रमको सञ्चालन सचिव लिलाधर लुइँटेलले गरेका थिए।

प्रतिक्रिया जनाउनुहाेस्
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन