विज्ञापन

लुम्बिनी प्राविधिक विश्वविद्यालयलाई समयसापेक्ष र प्रभावकारी बनाउन जोड

विज्ञापन
Image
विज्ञापन

नेपालगञ्ज — नेपालगञ्ज — लुम्बिनी प्राविधिक विश्वविद्यालयको तेस्रो वार्षिकोत्सवका अवसरमा सरोकारवालाहरूले विश्वविद्यालयलाई समयसापेक्ष, आधुनिक र प्रभावकारी बनाउँदै लैजानुपर्नेमा जोड दिएका छन्।

नेपालगञ्जमा आयोजित कार्यक्रममा प्रदेशका सामाजिक विकासमन्त्री तथा विश्वविद्यालयका सहकुलपति जन्मजय तिमिल्सेनाले सबै पक्ष जिम्मेवार बनेर अघि बढ्नुपर्ने बताए। ३३ विद्यार्थीबाट सुरु भएको विश्वविद्यालय अहिले २०० हाराहारीमा पुगेको उल्लेख गर्दै उनले व्यवस्थापन बलियो बनाउने आवश्यकता औंल्याए।

कुलसचिव रेगबहादुर भण्डारीले विश्वविद्यालयले व्यवहारिक शिक्षा, अनुसन्धान, उद्यमशीलता र आधुनिक प्रविधिमा केन्द्रित पाठ्यक्रम सञ्चालन गर्दै आएको जानकारी दिए। उपकुलपति विनोद ढकालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नयाँ शैक्षिक कार्यक्रम र सिभिल इञ्जिनियरिङसमेत थपिने तयारी भइरहेको डीन डा. निरज केसीले जानकारी गराए।

२०७९ असार १८ मा स्थापना भएको विश्वविद्यालयले सूचना प्रविधि, इञ्जिनियरिङ, कृषि, वन र पर्यटनजस्ता व्यवहारिक विषयहरूमा शिक्षा दिँदै आएको छ। वक्ताहरूले यसलाई नमूना विश्वविद्यालयका रूपमा विकास गर्न साझा प्रयासको खाँचो औंल्याए।

प्रतिक्रिया जनाउनुहाेस्
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन