विज्ञापन

४५ जना नयाँ अधिकृतलाई विमानस्थल अध्यागमनमा खटाइयो

विज्ञापन
Image
विज्ञापन

काठमाडौं, साउन ४ : गृह मन्त्रालयले लोकसेवाको परीक्षा उत्तीर्ण गरेर तालिम लिएका नयाँ ४५ जना अधिकृतलाई विमानस्थल अध्यागमनमा खटाएको छ।

गृह मन्त्रालयले अध्यागमन सुधारका क्रममा हालै सेवा थालेका ४५ जना शाखा अधिकृतहरुलाई सोमबारदेखि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा खटाइएको हो।
लोकसेवाबाट आएका अधिकृतहरुलाई विभागले तीन दिने तालिम पश्चात विमानस्थल अध्यागमनमा खटाएको जनाइएको छ।

भिजिट भिषा प्रकरणमा विवादमा फसेपछि केहीअघि गृह मन्त्रालयले विमानस्थलमा खटिएका ४५ शाखा अधिकृतलाई मन्त्रालय तानेको थियो।

विमानस्थल अध्यागमनमा खटिएका कर्मचारीकै मिलेमतोमा भिजिट भिसाका नाममा मानव तस्करी भएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विमानस्थलमा छापा मारेको थियो। तत्कालीन अध्यागमन प्रमुख तीर्थराज भट्टराई पक्राउ परी छानविन चलिरहेको छ।

यता, सरकारले समेत छानबिनका लागि पूर्व मुख्यसचिव शंकरदास वैरागीको नेतृत्वमा समिति बनाएको छ।

प्रतिक्रिया जनाउनुहाेस्
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन