विज्ञापन

रुपन्देहीमा मोटरसाइकल दुर्घटना : एकको मृत्यु, एक गम्भीर घाइते

विज्ञापन
Image
विज्ञापन

<strong>बुटवल ।</strong> रुपन्देहीको सियारी गाउँपालिका–७ भर्थापुरमा आज बिहान भएको मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने अर्का एक गम्भीर घाइते भएका छन्।

जिल्ला प्रहरी कार्यालय रुपन्देहीका अनुसार मायादेवी गाउँपालिका–७ गर्गटीका ६० वर्षीय राम मिलन धवलको उपचारका क्रममा मृत्यु भएको हो। उनी मोटरसाइकलमा पछाडि सवार थिए।

दुर्घटनामा मोटरसाइकलका चालक तथा मृतकका छोरा ३० वर्षीय विनोद धवल गम्भीर घाइते भएका छन्। टाउको, हात र खुट्टामा चोट लागेका उनलाई उपचारका लागि भैरहवास्थित सिटी अस्पतालमा भर्ना गरिएको प्रहरीले जनाएको छ।

दुर्घटना मोटरसाइकल अनियन्त्रित भएर भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया जनाउनुहाेस्
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन