विज्ञापन

दर्शक नचाउन काठमाडौं आइपुगे पञ्जाबी गायक मिक्ससिंह जस

विज्ञापन
Image
विज्ञापन

काठमाडौं । अंग्रेजी नयाँवर्ष २०२६ को अवसरमा ‘पञ्जावी पप नाइट विथ मिक्ससिंह जस’को आयोजना हुने भएको छ । कन्सर्टमा प्रस्तुति दिन ‘सुनियाँ सुनियाँ’ गीतका चर्चित पन्जाबी गायक मिक्ससिंह जस भारतबाट नेपाल आइपुगेका छन् ।

यसबारे जानकारी दिन पत्रकार सम्मेलनको आयोजना गरिएको थियो, जहाँ गायक जसले नेपालमा दर्शक झुमाउन उत्साहित रहेको बताए । शनिबार साँझ ठमेलस्थित क्लब नोभामा ४ घण्टासम्म उनले दर्शक झुमाउने छन् । त्यहाँ पञ्जाबी भांगडा डान्ससहित १० प्रस्तुति रहने जनाइएको छ ।

कन्सर्टको आयोजना स्किलमाण्डु नेपालले गरेको छ । यसका लागि १ हजार, २ हजार र ५ हजार शुल्क तोकिएको छ । गायक मिक्ससिंह जसले नेपाली खाना र पर्यटन प्रवद्र्धनका लागि आफ्नो भम्रण विशेष हुने पत्रकार सम्मेलनमा जानकारी दिएका थिए ।

‘आफ्नो सुपरहिट गीत ‘सुनियाँ सुनियाँ’ मा करिब ३० प्रतिशत नेपाली फ्यानको प्रतिक्रिया आएकाले पनि मलाई नेपाल आउने इच्छा बढाएको थियो’ उनले भने ‘म अबको तीन दिन नेपाल बसाईमा पशुपतिनाथ दर्शन, काठमाडौंका पुरातात्विक सम्पदा र सगरमाथा बेस क्याम्प घुम्ने योजना छ ।’

नेपाली गीत पनि सुन्ने गरेकाले यहाँको संगीतप्रति झुकाव बढेको उनले बताए । आगामी गीतको छायांकन नेपालमा गर्नेदेखि ट्युनिङ मिलेको खण्डमा नेपाली संगीतकर्मीसँग सहकार्यको इच्छा पनि उनले जनाए ।

यहाँको पयर्टन प्रवद्र्धनमा सघाउन तयार रहेको र यसको लागि संगीत उत्तम माध्यम रहेको उनले बताए ।

प्रतिक्रिया जनाउनुहाेस्
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन