विज्ञापन

जापानी भ्यागुतामा भेटियो ‘क्यान्सरको औषधि’

विज्ञापन
Image
विज्ञापन

वैज्ञानिकहरुले भ्यागुताको पेटभित्र क्यान्सरको औषधि पत्ता लगाएका छन् । जापानका वैज्ञानिकहरूले क्यान्सर उपचारको क्षेत्रमा एक अत्यन्तै आशाजनक खोज गरेका छन् । वैज्ञनिकहरूले जापानी ट्री फ्रग नामक भ्यागुताको आन्द्रामा पाइने विशेष ब्याक्टेरियाले क्यान्सरका ट्युमर नष्ट गर्ने तथ्य पत्ता लगाएका हुन् ।

वैज्ञानिक नाम ‘ड्रायोफाइट्स जापोनिकस’ रहेको उक्त भ्यागुताको पेटमा रहेको विशेष ब्याक्टेरियाले मुसामा गरिएको परीक्षणका क्रममा ट्युमरलाई पूर्ण रूपमा नष्ट गरेको छ । सुखद पक्ष त के भने उक्त उपचारका क्रममा कुनै गम्भीर साइड इफेक्ट देखिएको छैन । त्यसैले यो भविष्यमा क्यान्सर उपचारमा सम्भावित सुरक्षित रामवाण हुनसक्ने वैज्ञानिकहरूको ठहर छ ।

गट माइक्रोब्स (Gut Microbes) नामक जर्नलमा प्रकाशित यो शोधले क्यान्सर उपचारको क्षेत्रमा नयाँ आशा र सम्भावना देखाएको छ।

कसरी सम्भव भयो अनौठो खोज

वास्तवमा भ्यागुता, माउसुली र अन्य उभयचर तथा सरिसृप जनावरहरूको शरीरमा क्यान्सर अत्यन्तै कम देखिन्छ । यही तथ्यलाई आधार मानेर जापान एडभान्स्ड इन्स्टिच्युट अफ साइन्स एन्ड टेक्नोलोजीका वैज्ञानिकहरूले अनुसन्धान सुरु गरे । उनीहरूले यी जनावरहरूको आन्द्रामा रहेका ब्याक्टेरियाले क्यान्सरविरुद्ध भूमिका खेल्न सक्छन् भन्ने अनुमान लगाएर।

अनुसन्धानका क्रममा भ्यागुता, न्युट(छेपारो जस्तै जीव) र माउसुलीको आन्द्राबाट ४५ प्रकारका ब्याक्टेरिया संकलन गरियो । तीमध्ये ९ वटा ब्याक्टेरियाले क्यान्सरविरुद्ध उल्लेखनीय प्रभाव देखाए । त्यसमध्ये जापानी भ्यागुतामा पाइने ‘इविंगेल्ला अमेरिकाना’ सबैभन्दा प्रभावकारी ब्याक्टेरिया साबित भयो।

मुसामा देखिएको आश्चर्यजनक परिणाम

शोधकर्ताका अनुसार भ्यागुताको पेटमा पाइएको उक्त ब्याक्टेरियाको केवल एक डोज मात्रै मुसामा हाल्दा त्यसले मुसाको शरीरमा रहेको ट्युमर पूर्णरूपमा हरायो । मुसाको शरीरमा ३० दिनपछि पुनः क्यान्सर कोशिका प्रत्यारोपण गर्दा पनि अर्को एक महिनासम्म ट्युमर बन्न सकेन । यसले दीर्घकालीन प्रतिरोधात्मक प्रभावको संकेत गरेको वैज्ञानिकहरूले बताएका छन् ।

ब्याक्टेरियाले कसरी काम गर्छ ?

यो ब्याक्टेरियाले दुई तरिकाले क्यान्सरसँग लड्छ । पहिलो, यसले सिधै ट्युमरमाथि आक्रमण गर्छ । दोस्रो, यसले शरीरको प्रतिरक्षा प्रणालीलाई बलियो बनाउँछ, जसका कारण टी–सेल, बी–सेल र न्यूट्रोफिल्स सक्रिय हुन्छन्। ट्युमर भएको स्थानमा प्रायः अक्सिजन कम हुन्छ । त्यसैले त्यहाँ केमोथेरापी औषधि कम प्रभावकारी हुन्छ । तर यो ब्याक्टेरियाले कम अक्सिजन भएको वातावरणमा पनि राम्रोसँग काम गरेको वैज्ञानिकहरूले बताएका छन्।

अध्ययनमा यो ब्याक्टेरिया हाल प्रयोगमा रहेको केमोथेरापी औषधि डक्सोरुबिसिनभन्दा पनि बढी प्रभावकारी देखिएको दावी गरिएको छ । अनुसन्धानका क्रममा मुसामा यो ब्याक्टेरिया छिट्टै रगतबाट हटेको र स्वस्थ अंगहरूमा कुनै नकारात्मक असर नपारेको पाइयो । त्यसैगरी ब्याक्टेरिया प्रत्यारोपण गरी गरिएको उपचारले मुसाको शरीरमा कुनै दीर्घकालीन क्षति पनि देखिएन।

मानव परीक्षण बाँकी

यो अनुसन्धान हालसम्म मुसामा मात्र सीमित छ । मानिसमा पनि यस्तै प्रभाव देखिन्छ कि देखिँदैन भन्ने कुरा पत्ता लगाउन अझ धेरै अध्ययन आवश्यक रहेको शोधकर्ताहरूले बताएका छन् । भ्यागुताको आन्द्रामा पाइएको सो ब्याक्टेरियालाई अन्य प्रकारका क्यान्सरविरुद्ध पनि प्रयोग गरेर हेर्ने र अन्य औषधिसँग मिलाएर परीक्षण गर्ने तयारीमा जापानी वैज्ञानिकहरू छन् । त्यसैगरी यसलाई शरीरभित्र पुर्‍याउने अझै सुरक्षित तरिका पनि खोजिँदैछ ।

यद्यपि भ्यागुताको आन्द्रामा पाइएको उक्त क्यान्सरनासक ब्याक्टेरिया ‘इविंगेल्ला अमेरिकाना’ ले मुसाको शरीरमा कुनै संक्रमण नगराएको भएपनि मानिसमा भने संक्रमण गराउन सक्ने जोखिम रहेको वैज्ञानिकहरूको भनाइ छ । त्यसैले मानिसमा प्रयोग गर्नुअघि क्लिनिकल ट्रायलमा अत्यन्तै सावधानी अपनाउनुपर्नेछ ।

स्मरण रहोस् मानिसमा मुत्रथैलीको क्यान्सरको उपचारमा बिसिजी ब्याक्टेरिया थेरापी पहिलेदेखि प्रयोगमा रहेको छ । त्यसैले भ्यागुताको पेटमा पाइने ब्याक्टेरियालाई पनि हानीरहित बनाएर क्यान्सर उपचारमा प्रयोग गर्न सकिने सम्भावना बलियो रहेको सहजै आँकलन गर्न सकिन्छ।

प्रतिक्रिया जनाउनुहाेस्
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन