विज्ञापन

तेक्वान्दोमा ९ डान पाउने तुलसी गुरुङलाई एनएसजेएफ स्पेशल अवार्ड

विज्ञापन
Image
विज्ञापन

२३ पुस, काठमाडौं । नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) ले स्पेशल अवार्ड तेक्वान्दोका तुलसी गुरुङलाई प्रदान गरेको छ ।

पोखरामा बुधबार भएको अवार्ड कार्यक्रममा गुरुङलाई स्पेशल अवार्डबाट सम्मान गरिएको हो ।

तेक्वान्दो खेलमा सबैभन्दा माथिल्लो र अन्तिम उपाधि मानिने ९ डान प्राप्त गरेर तुलसी गुरुङले यो उपलब्धि हासिल गर्ने पहिलो नेपाली खेलाडीको इतिहास रचेका थिए ।

पूर्वब्रिटिस गोर्खा सैनिक उनी सन् १९८२ र १९८३ मा आयोजित ‘हङकङ ओपन ब्ल्याक बेल्ट कम्पिटिसन’ का स्वर्ण पदक विजेता हुन् ।

सन् १९८३ मा उनले हङकङको प्रतिनिधित्व गर्दै डेनमार्कको कोपनहेगनमा आयोजित ‘वर्ल्ड तेक्वान्दो च्याम्पियनसिप’ मा सहभागिता जनाएका थिए । ब्रिटिस सैनिक खेलाडीबीचको प्रतिस्पर्धामा सर्वोत्कृष्ट भएपछि उनलाई हङकङ ओपनमा सहभागी हुने अवसर जुरेको थियो ।

सन् १९९३ मा अमेरिकामा आयोजित विश्व तेक्वान्दो च्याम्पियनसिप र १९९५ थाइल्याण्डमा आयोजित इष्ट एसियन गेम्समा गुरुङ अफिसियल रेफ्री थिए ।

नेपाली खेलकुदमा समेत उनले इतिहास रचेका छन् । २०४० मा पोखरामा आयोजित दोस्रो राष्ट्रिय खेलकुदमा गुरुङले मार्सल आट्र्सतर्फ स्वर्ण पदकसहित उत्कृष्ट फाइटरको उपाधि जितेका थिए । त्यतिबेला कराँतेका चर्चित खेलाडी मोहन राईलाई गुरुङले क्वाटरफाइनलमा पराजित गरेका थिए ।

सेनाबाट अवकाश लिइसकेपछि पनि उनी निरन्तर तेक्वान्दोमै सक्रिय रहे । सन् २००१ मा गुरुङले ‘हङकङ नेप्लिज तेक्वान्दो महासंघ’ गठन गरेका थिए । त्यसयता उनको प्रशिक्षणमा २ हजारभन्दा बढीले ब्ल्याक बेल्ट लिइसकेका छन् ।

प्रतिक्रिया जनाउनुहाेस्
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन