विज्ञापन

भृकुटीमण्डपमा विशेष महाधिवेशन चलिरहँदा देउवाले आफूनिकटलाई निवासमा बोलाए

विज्ञापन
Image
विज्ञापन

२७ पुस, काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफूनिकट नेताहरूलाई आफ्नो निवास महाराजगञ्जमा बोलाएका छन् ।

काठमाडौँको भृकुटीमण्डप विशेष महाधिवेशनको उद्घाटन समारोह चलिरहँदा देउवाले आफूनिकट नेताहरूलाई आफ्नो निवासमा बोलाएको उनीनिकट एक नेताले जानकारी दिए ।

‘सभापतिले निकटका केही नेतालाई निवासमा बोलाउनु भएको छ,’ती नेताले भने, ‘पार्टीको पछिल्लो गतिविधिबारे छलफल गर्ने भनेर खबर आएको छ ।’

कार्यवाहक सभापति पूर्णबहादुर देउवा र केन्द्रीय सदस्य रमेश लेखक भने केही समयअघि नै देउवा निवास पुगेका थिए । देउवा र दुई नेताबीच छलफल जारी रहँदा अन्य नेताहरूलाई पनि बोलाइएकोह हो ।

प्रतिक्रिया जनाउनुहाेस्
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन