विज्ञापन

सानेपाबाट दीपक खड्काले भने– पार्टी छाडेपछि निष्कासन हुन्छ

विज्ञापन
Image
विज्ञापन

२९ पुस, काठमाडौं । नेपाली कांग्रेसका नेता दीपक खड्काले पार्टी छाडेपछि सामान्यतया: निष्कासन लगायत कारबाहीका प्रक्रिया अघि बढ्ने बताएका छन् ।

केन्द्रीय कार्यसमिति बैठकमा सहभागी हुन पार्टी कार्यालय सानेपा पुगेका उनले सञ्चारकर्मीसँग कुराकानी गर्ने क्रममा यस्तो बताएका हुन् ।

कांग्रेसको विशेष महाधिवेशन भृकुटीमण्डपमा चलिरहेको छ । उता, सानेपामा भने केन्द्रीय कार्यसमितिको बैठक बोलाइएको छ ।

दिउँसो १ बजेका लागि बोलाइएको बैठक अझै सुरु हुन सकेको छैन ।

यसैबीच खड्काले भनेका छन्, ‘अरु विषय परिघटनाले तय गर्ने कुरा हो । आफ्नो प्रक्रिया हुन्छ, विधान छ त्यस अनुसार हुन्छ । पार्टी छाडेपछि सामान्यतया: निष्कासन हुन्छ ।’

उनले विभिन्न जिल्लाका सभापतिहरू एक ठाउँमा रहेर दबाबमूलक कार्यक्रमहरू बढाइरहेको पनि बताए ।

‘उता नोमिनेशन सुरु भएको छ । यता केन्द्रीय समितिको बैठक राखिएको छ । यही बीचमा छलफल पनि चलेका छन् । सबै जिल्लाका सभापतिहरू एक ठाउँमा बसेर दबाबमूलक कुराहरू भइरहेका छन् । एकाध घण्टा हेरौं,’ उनले भने ।

केही वार्ताहरू चलिरहेको भएर केन्द्रीय कार्यसमिति बैठक सुरु हुन नसकेको उनको भनाइ छ ।

प्रतिक्रिया जनाउनुहाेस्
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन