८ जेठ, काठमाडौं । शुक्रबार सुनको भाउ तोलामा १ सय रुपैयाँ घटेको छ । अघिल्लो दिन तोलामा १ हजार ८ सय रुपैयाँ बढेको सुन आज जम्मा १ सय घटेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि सुनको भाउ तोलामा २ लाख ९३ हजार ७ सय रुपैयाँ तोकेको छ । अघिल्लो दिन २ लाख ९३ हजार ८ सय रुपैयाँ थियो । त्यस्तै गत शुक्रबार सुनको भाउ २ लाख ९८ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो ।
चाँदीको भाउ आज तोलामा ६५ रुपैयाँ बढेको छ । अघिल्लो दिन प्रतितोला ५ हजार ५० रुपैयाँ रहेको चाँदी आज ५ हजार ११५ रुपैयाँ कायम भएको छ । गत शुक्रबार चाँदी ५ हजार ३९० रुपैयाँमा कारोबार भएको थियो ।
प्रतिक्रिया जनाउनुहाेस्


















