विज्ञापन

वर्षा घट्यो, तराई मधेशमा पुन: गर्मी बढ्दै

विज्ञापन
Image
विज्ञापन

१९ जेठ, काठमाडौं । वर्षाका कारण केही दिनसम्म शीतल महसुस गरेकाहरुले अब फेरी गर्मीको सामना गर्नुपर्ने भएको छ । मौसमविदहरुका अनुसार अबका केही दिन पानी पर्न कम हुने भएकाले गर्मी बढ्ने छ ।

मौसमविद उज्ज्वल उपाध्यायका अनुसार मनसुन भित्रिन पनि अझै केही दिन लाग्ने र पश्चिमी वायुको प्रभाव पनि कमजोर देखिएकाले आउँदो एक हप्ता गर्मी बढ्दै जाने छ । गर्मीको बढी प्रभाव तराई मधेशका जिल्लाहरुमा देखिने छ । उनले भनेका छन्, ‘आउँदो एक हप्ता त्यति सजिलो छैन । अब एक साता गर्मी बढ्दै जाने देखियो । तराई पुन: पाक्ने भयो ।’

मनसुनी बादल सोमबार दिउँसो भारतको पश्चिमीघाट; केरला पुगे पनि बादलको घनत्व र गती दुवै कमजोर देखिएकाले यो प्रणाली नेपालसम्म आइपुग्न केही दिन लाग्ने अनुमान गर्दै उनले सुरुवाती मनसुन अति नै कमजोर हुने सम्भावना रहेको बताए ।

अघिल्ला दिनहरुमा विभिन्न प्रणालीले मौसममा बदली भएपछि पछिल्लो तीन दिन ठाउँठाउँमा वर्षा भएको थियो । वर्षाका कारण तापक्रम घटेपछि शीतल महसुस भएको थियो । तर अब तापक्रम विस्तारै उकालो लाग्ने सम्भावना छ ।

जल तथा मौसम विज्ञान विभागका सूचना अधिकारी दिनकर कायस्थका अनुसार जेठ १९ गते मधेश प्रदेशमा तथा कोशी प्रदेशको तराईका जिल्लाहरुमा तातो दिन हुने सम्भावना छ ।

विभागका अनुसार तीन दिनको अभिलेखमा नेपालमा अधिकतम तापक्रम ३७ डिग्रीबाट माथि चढेको थिएन । तर आजबाटै वर्षा कम भएकाले फेरि तापक्रम उकालो लाग्ने सम्भावना रहेको र तराईका केही क्षेत्रमा तातो लहर बढ्ने अनुमान गरिएको मौसमविदहरु बताउँछन् ।

मधेस प्रदेशमा तथा कोशी, बागमती र गण्डकी प्रदेशको तराईमा तातो दिन हुने सम्भावना रहेको विभागले सोमबार साँझ जारी गरेको बुलेटिनमा उल्लेख छ ।

प्रतिक्रिया जनाउनुहाेस्
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन