विज्ञापन

उद्योगी व्यवसायीका साझा समस्या ः अव्यवहारिक कर र खुला सीमा राष्ट्रिय चुनौती

विज्ञापन
Image
विज्ञापन

बुटवल उद्योग वाणिज्य संघ, रुपन्देहीले मधेश, कोशी र वागमती प्रदेशका विभिन्न उद्योग वाणिज्य संघहरूको अध्ययन तथा अवलोकन भ्रमण सम्पन्न गरेको छ । छ दिनसम्म चलेको भ्रमणका क्रममा टोलीले पूर्वी नेपालका १६ वटा उद्योग वाणिज्य संघ तथा औद्योगिक क्षेत्रहरूको स्थलगत अवलोकन गर्दै उद्योग–व्यवसाय क्षेत्रका साझा समस्या, चुनौती र सम्भावनाबारे अन्तरक्रिया गरेको हो ।

संघका अध्यक्ष हरिप्रसाद अर्यालको नेतृत्वमा सम्पन्न भ्रमणमा वरिष्ठ उपाध्यक्ष टंकप्रसाद गैरे, उद्योग उपाध्यक्ष सुरज भट्टराई, वाणिज्य उपाध्यक्ष विमलराज भट्टराई, महासचिव मुक्तिप्रसाद अधिकारी, कोषाध्यक्ष बसन्तप्रसाद ढकाल, कार्यसमिती सदस्यहरु नरिश्वर शर्मा पौडेल, निर्मित कसजु, दिपक चापागाइ, काशिराम पौडेल, जमुना पौडेल, रेनु श्रेष्ठ, सुनिता शर्मा घिमिरे, विष्णु (कमला) घिमिरे, बालकृष्ण पौडेल, दिपक घिमिरे, लक्ष्मण ज्ञवाली, सञ्चार समन्वयकर्ता कविन्द्र नेपाल तथा सचिवालयबाट कार्यकारी निर्देशक मदनकुमार कार्की र वरिष्ठ कार्यलय सहायक लेखनाथ ज्ञवाली सहभागी थिए ।

टोलीले मधेश प्रदेश, कोशी प्रदेश र वागमती प्रदेशमा रहेका नेपाल उद्योग वाणिज्य महासंघका संस्थापक मध्येका चितवन उद्योग वाणिज्य संघ, जनकपुर उद्योग वाणिज्य संघ, मोरङ उद्योग व्यापार संघ, झापा उद्योग संघ भद्रपुर, झापा उद्योग वाणिज्य संघ भद्रपुर, सुनसरी उद्योग वाणिज्य संघ धरान सहित मकवानपुर उद्योग वाणिज्य संघ हेटौंडा, विरगञ्ज उद्योग वाणिज्य संघ, जिल्ला उद्योग वाणिज्य संघ सिराहा, उद्योग संगठन मोरङ, दमक उद्योग वाणिज्य संघ झापा, विर्तामोड उवासंघ झापा, उद्योग वाणिज्य संघ ईटहरी, सिन्धुली उद्योग वाणिज्य संघ, उद्योग वाणिज्य संघ खैरहनी चितवन र रत्ननगर उद्योग वाणिज्य संघ चितवन उद्योग वाणिज्य संघहरूसँग भेटघाट तथा अन्तरक्रिया गर्दै त्यहाँका उद्योगी–व्यवसायीले भोगिरहेका समस्या र अपनाइएका सफल अभ्यासबारे जानकारी लिएको थियो ।

अन्तरक्रियाका क्रममा देशभरका उद्योगी–व्यवसायीले भोगिरहेका समस्या धेरै हदसम्म समान रहेको निष्कर्ष निकालिएको छ । विशेषगरी स्थानीय तहले लगाएका विभिन्न व्यवसायिक कर, कवाडी कर, विज्ञापन करका नाममा व्यवसायिक साइनबोर्डमा लगाइने कर, औद्योगिक सम्पत्ति कर तथा खुला सीमासँग सम्बन्धित चुनौतीहरू व्यवसायिक क्षेत्रका साझा समस्याका रूपमा पहिचान भएका छन् ।

व्यवसायिक संघहरूका प्रतिनिधिहरूले यस्ता समस्या कुनै एक जिल्ला वा प्रदेशको मात्र नभई राष्ट्रिय प्रकृतिका भएकाले समाधानका लागि सामूहिक आवाज आवश्यक रहेको धारणा व्यक्त गरेका छन् । नेपाल उद्योग वाणिज्य महासंघको नेतृत्वमा संघहरूबीच समन्वय र दबाबमूलक पहल भएमा कर प्रणालीमा सुधार, व्यवसायमैत्री वातावरण निर्माण तथा उद्योग क्षेत्रको प्रतिस्पर्धात्मक क्षमता अभिवृद्धि गर्न सकिने निष्कर्ष निकालिएको छ ।

भ्रमणपछि अध्यक्ष हरिप्रसाद अर्यालले विभिन्न क्षेत्रका उद्योगी–व्यवसायीका अनुभव, समस्या र समाधानका उपायबारे प्रत्यक्ष जानकारी प्राप्त भएको बताए । उनका अनुसार पूर्वी नेपालका केही उद्योग वाणिज्य संघले सञ्चालन गरेका सफल कार्यक्रम र संस्थागत अभ्यासबाट बुटवल उद्योग वाणिज्य संघले पनि सिक्ने अवसर पाएको छ । उनले यस्ता अध्ययन भ्रमणले संघहरूबीच सहकार्य विस्तार हुनुका साथै राष्ट्रिय आर्थिक मुद्दामा साझा धारणा निर्माण गर्न महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरे ।

भ्रमणले देशभरका उद्योगी–व्यवसायीका समस्या फरक भूगोलमा भए पनि प्रकृतिगत रूपमा समान रहेको तथ्य उजागर गरेको छ । यसले निजी क्षेत्रका चुनौती समाधानका लागि स्थानीय, प्रादेशिक र संघीय तहबीच नीतिगत समन्वय अपरिहार्य रहेको सन्देश दिएको छ ।

प्रतिक्रिया जनाउनुहाेस्
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन