विज्ञापन

भारत भ्रमण : रवि लामिछाने स्वदेश फर्किंदै, मन्त्री शिशिर खनाल जाँदै

विज्ञापन
Image
विज्ञापन

२२ जेठ, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछाने पाँचदिने भारत भ्रमण पूरा गरी आज स्वदेश फर्किंदै छन् । उनी आज स्वदेश फर्किने दिन नै परराष्ट्रमन्त्री शिशिर खनाल भारत भ्रमणमा जाँदै छन् ।

भारतको सत्तारुढ भारतीय जनता पार्टी (भाजपा) का अध्यक्ष नितिन नवीनको निमन्त्रणामा सभापति लामिछाने जेठ १८ गते भारत भ्रमणमा गएका थिए ।

भारत बसाइको क्रममा रवि लामिछानेले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, विदेशमन्त्री एस जयशंकर, गृहमन्त्री अमित शाह, भाजपा अध्यक्ष नितिन नवीन लगायतसँग भेटवार्ता गरेका थिए । उनले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका दक्षिण तथा मध्य एसियाली विशेष दूत सर्जियो गोरसँग पनि भारतमै भेटवार्ता गरेका छन् ।

रवि नेतृत्वको भ्रमण टोलीमा रास्वपा सहमहामन्त्री तथा प्रतिनिधि सभा सदस्य विपिनकुमार आचार्य, सचिवालय सदस्य तथा प्रतिनिधि सभा सदस्य दीपक बोहोरा, पत्नी निकिता पौडेल र प्रदीप आचार्य छन् । रास्वपा प्रवक्ता मनिष झाका अनुसार रवि नेतृत्वको रास्वपा टोली भारतबाट आज जेठ २२ गते स्वदेश फर्किंदै छ ।

रवि स्वदेश फर्किएलगत्तै समकक्षी एस जयशंकरको निमन्त्रणमा परराष्ट्रमन्त्री शिशिर खनाल नयाँदिल्ली जाँदै छन् । परराष्ट्र मन्त्रालयका अनुसार खनालले समकक्षी एस जयशंकरका साथै भारतका उच्चपदस्थ नेताहरुसँग दुई पक्षी हितका विषयमा कुराकानी गर्ने छन् ।

खनालको भारत भ्रमणको क्रममा सीमा समस्या लगायत नेपाल–भारतका सरोकार र प्राथमिकतासँग सम्बन्धित समग्र विषयमा छलफल हुने बताइएको छ ।

प्रतिक्रिया जनाउनुहाेस्
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन