विज्ञापन

व्यवसायीहरूको भरोसा फेरि पाण्डेमाथि, घोराही समितिको नेतृत्वमा पुनः चयन

विज्ञापन
Image
विज्ञापन

घोराही, दाङ — गल्ला तथा किराना व्यवसायी समिति घोराहीको १४औँ साधारणसभा तथा पाँचौँ अधिवेशन शनिबार घोराहीमा सम्पन्न भएको छ। अधिवेशनले वर्तमान अध्यक्ष विनोद प्रसाद पाण्डेलाई दोस्रो कार्यकालका लागि पुनः अध्यक्षमा निर्वाचित गरेको छ।

पाण्डेको नेतृत्वमा एक सदस्य पछि थपिने गरी १५ सदस्यीय नयाँ कार्यसमिति चयन गरिएको छ। अधिवेशनले व्यवसायीहरूको हकहित संरक्षण, व्यवसायिक एकता मजबुत बनाउने तथा बजार व्यवस्थापनलाई प्रभावकारी बनाउने प्रतिबद्धता व्यक्त गरेको छ।

नवनिर्वाचित कार्यसमितिको उपाध्यक्षमा गोपाल खनाल, सचिवमा सुरज सुवेदी, सह–सचिवमा थानेश्वर बुढा, कोषाध्यक्षमा घनश्याम खनाल तथा सह–कोषाध्यक्षमा मुक्तिराम खनाल चयन भएका छन्।

त्यसैगरी सदस्यहरूमा ईश्वरी भुसाल, वसन्त गौतम, तारा वली, खिमराज भण्डारी, खिमबहादुर खत्री, बलबहादुर खड्का, सुनिल घिमिरे र शरद डाँगी रहेका छन्।

अधिवेशनमा सहभागी व्यवसायीहरूले आगामी कार्यकालमा समिति अझ सक्रिय, पारदर्शी र व्यवसायीमैत्री हुने अपेक्षा व्यक्त गरेका छन्।

प्रतिक्रिया जनाउनुहाेस्
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन