९ असार, चितवन । रास्वपा संसदीय दलका उपनेता गणेश पराजुलीले दिउँसो एक बजेबाट बन्दसत्र सुरु हुने बताएका छन् । प्राविधिक कारणले हिजो बन्दसत्र सुरु हुन नसकेको उनले बताए ।
अहिले महाधिवेशन प्रतिनिधिको प्रवेश कार्ड वितरण सुरु भइसकेको जानकारी दिँदै उनले आज दिउँसो एक बजेबाट बन्दसत्र सुरु हुने बताए ।
‘इस्टिमेट गरिएको २८ सय/तीन हजार महाधिवेशन प्रतिनिधिको संख्या बढेर ४२ सय प्लस हुँदै गर्दाखेरि केही प्राविधिक त्रुटिका कारण हिजो हामीले सुरु गर्न सकेनौं,’ उनले भने, ‘आज यतिखेर हलबाट महाधिवेशन प्रतिनिधिको प्रवेश कार्ड वितरण सुरु भइसकेको छ । त्यो सकिनेबित्तिकै हामी खाना खाएर आजको बन्दसत्र सुरु गर्दैछौं ।’
प्रतिक्रिया जनाउनुहाेस्


















