विज्ञापन

विज्ञान प्रदर्शनीले विद्यार्थीको प्रतिभा र सिर्जनशीलता उजागर

विज्ञापन
Image
विज्ञापन

९ असार, तेह्रथुम अहिले हाम्रो समाज विज्ञान र प्रविधिको तीव्र विकाससँगै शिक्षा प्रणाली अनुसन्धान, नवप्रवर्तन र सिर्जनात्मक सोचतर्फ केन्द्रित हुँदै गएको छ । यही उद्देश्यलाई आत्मसात गर्दै तेह्रथुमको लालीगुराँस नगरपालिका-२ बसन्तपुरस्थित बसन्त माध्यमिक विद्यालयले अन्तर-माध्यमिक विद्यालयस्तरीय विज्ञान प्रदर्शनी आयोजना गरेको छ ।

लालीगुराँस नगरपालिकाभित्रका आठ वटा माध्यामिक विद्यालयका विद्यार्थीहरूको सहभागिता रहेको प्रदर्शनीमा विज्ञान, प्रविधि, वातावरण, कृषि, ऊर्जा तथा दैनिक जीवनसँग सम्बन्धित विभिन्न सिर्जनात्मक परियोजना र नमूनाहरू प्रस्तुत गरिएका थिए ।

विद्यार्थीहरूले आफ्नो ज्ञान, सीप र कल्पनाशीलतालाई व्यवहारमा उतार्दै तयार गरेका नमुनाहरूले प्रदर्शनीलाई थप आकर्षक र सुन्दर बनाएका थिए ।

विद्यालयका प्रधानाध्यापक मानिक कार्कीले विद्यार्थीहरूमा रहेको वैज्ञानिक सोच, प्रतिभा र क्षमतालाई प्रोत्साहन गर्न यो कार्यक्रम आयोजना गरिएको बताए । नगरप्रमुख अर्जुन माबोहाङले विज्ञानका सिद्धान्तलाई व्यवहारमा प्रयोग गरी समाजका विभिन्न समस्याको समाधान खोज्न सकिने भएकाले यस्ता कार्यक्रमले विद्यार्थीहरूको क्षमता विकासमा महत्वपूर्ण योगदान पु‍र्‍याउने उल्लेख गरे ।

प्रदर्शनीमा वातावरण संरक्षण, नवीकरणीय ऊर्जा, आधुनिक कृषि प्रविधि, सरसफाइ तथा सूचना प्रविधिसम्बन्धी नमूनाहरू प्रस्तुत गरिएका थिए । कार्यक्रमले आफूहरूको ज्ञान र सिर्जनशीलतालाई सार्वजनिक रूपमा प्रस्तुत गर्ने अवसर प्रदान गरेको विद्यार्थी श्रेया गुरुङले बताइन् ।

विद्यालयस्तरमै अनुसन्धान र प्रयोगको संस्कृतिको विकास गर्ने उद्देश्यले आयोजित प्रदर्शनीले विद्यार्थीहरूमा विज्ञानप्रतिको रुचि, आत्मविश्वास तथा प्रस्तुतीकरण सीप अभिवृद्धि गरेको छ ।

प्रदर्शनीले विज्ञान शिक्षाको महत्वलाई थप उजागर गर्दै भविष्यका वैज्ञानिक, अनुसन्धानकर्ता तथा आविष्कारक उत्पादन गर्ने प्रेरणा दिएको छ ।

प्रतिक्रिया जनाउनुहाेस्
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन