विज्ञापन

वेस्टर्न मेगा कलेजमा पूर्वविद्यार्थी सम्मान तथा कल्याणकारी संगठन गठन

विज्ञापन
Image
विज्ञापन

बुटवल–१५, ढवाहास्थित वेस्टर्न मेगा कलेजमा हालै एक विशेष समारोहका बीच ‘पूर्वविद्यार्थी सम्मान तथा कल्याणकारी संगठन गठन‘ कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ। कलेज स्थापना भएपश्चात् पहिलो पटक आयोजना गरिएको यस कार्यक्रममा कलेजबाट अध्ययन पूरा गरी हाल विभिन्न क्षेत्रमा कार्यरत बीबीए (BBA) र बीएचएम (BHM) का पूर्वविद्यार्थीहरूलाई सम्मान गरिएको थियो।

सन् २०१३ देखि २०२४ सम्मका विभिन्न ब्याचका पूर्वविद्यार्थीहरूको उत्साहजनक उपस्थिति रहेको उक्त सम्मेलनमा विभिन्न आकर्षक सांस्कृतिक तथा मनोरञ्जनात्मक प्रस्तुतिहरू प्रस्तुत गरिएका थिए, जसले कार्यक्रमलाई थप रोचक र स्मरणीय बनाएको थियो।

कार्यक्रममा स्वागत मन्तव्य राख्दै कलेजका प्राचार्य अधिवक्ता किसु शर्माले पूर्वविद्यार्थीहरू नै कलेजका वास्तविक मार्गदर्शक र सद्भावना दूत भएको उल्लेख गर्नुभयो। उहाँले देश-विदेशका प्रतिष्ठित क्षेत्रमा कलेजका विद्यार्थीहरूले हासिल गरेको सफलताप्रति गौरव व्यक्त गर्दै नवगठित संगठनले कलेज र पूर्वविद्यार्थीबीचको सम्बन्धलाई थप प्रगाढ बनाउने विश्वास व्यक्त गर्नुभयो। पूर्वविद्यार्थीहरूले पनि कलेजको योगदानको उच्च कदर गर्दै संस्थागत रूपमा कलेजसँग जोडिएर अगाडि बढ्ने प्रतिबद्धता जनाएका थिए।

नवगठित संगठनको कार्यसमिति (२०८३–२०८५):
कार्यक्रममा दुई वर्षे कार्यकालका लागि निम्न पदाधिकारी तथा सदस्यहरू चयन गरिएको छ:

संरक्षक: अधिवक्ता किसु शर्मा

मेन्टर: प्रकाश खाम्चा

अध्यक्ष: विष्णु न्यौपाने

उपाध्यक्ष: संज्ञात श्रेष्ठ

महासचिव: सृष्टि शर्मा

कोषाध्यक्ष: फर्सुराम गैरे

सह–सचिव: अमर खनाल

कार्यसमिति सदस्यहरू:
नानीमैया सुनारी, विश्वास गौतम, कल्पना पाठक, मिलन राना, सुजन पाण्डेसुमन गिरी

नवनिर्वाचित पदाधिकारी तथा सदस्यहरूलाई कलेजका प्राचार्य र शिक्षकहरूले सफल कार्यकालको शुभकामना व्यक्त गरेका थिए। कार्यक्रम अतिरिक्त क्रियाकलाप संयोजक प्रकाश खाम्चाको संयोजनमा सम्पन्न भएको थियो भने सञ्चालन प्रशासनिक कर्मचारी एलिजा बज्राचार्य र प्रशंसा शाक्यले गर्नुभएको थियो।

यसैबीच, कलेज प्रशासनले हाल स्नातक तहमा ४ वर्षे BBA BHM तथा स्नातोकोत्तर तहमा २ वर्षे MBA कार्यक्रम सञ्चालन भइरहेको र शैक्षिक वर्ष २०८३ का लागि नयाँ भर्ना प्रक्रियासमेत खुला गरिएको जानकारी गराएको छ।

प्रतिक्रिया जनाउनुहाेस्
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन