१९ असार, काठमाडौं । फिफा विश्वकप २०२६ को अन्तर्गत राउण्ड अफ ३२ को खेलमा स्विट्जरल्यान्डले दोस्रो हाफको सुरुमै गोल गरेको छ ।
क्यानडाको बिसी प्लेस भ्यानकुभर स्टेडियममा भइरहेको खेलमा दोस्रो हाफको पहिलो मिनेटमै डान एनडोएले गोल गर्दै स्विस टोलीको अग्रता दोब्बर पारेका हुन् ।
नटिङहम फरेस्टबाट खेल्ने विंगरले दोस्रो हाफ सुरु भएको ४८ सेकेण्डमै गोल गरेका हुन् ।
त्यसअघि पहिलो हाफमा ब्रिल एम्बोलोले दशौँ मिनेटमा गोल गर्दै स्विटरज्लयान्डलाई अग्रता दिलाएका थिए । जोहान मानजाम्बीको पासमा एम्बोलोले गोल गरेका हुन् ।
प्रतिक्रिया जनाउनुहाेस्


















