विज्ञापन

स्वास्थ्यमन्त्रीको राजीनामा माग गर्ने स्वास्थ्यकर्मी नवेश प्रकाउ

विज्ञापन
Image
विज्ञापन

२३ असार, काठमाडौं । स्वास्थ्यमन्त्री निशा मेहताविरुद्ध सामाजिक सञ्जालमा कडा टिप्पणी गर्ने स्वास्थ्यकर्मी नवेश अधिकारी पक्राउ परेका छन् ।

जिल्ला प्रहरी कार्यालय धनुषाबाट खटिएको टोलीले उनलाई सोमबार साँझ करिब साढे ७ बजे जनकपुरबाट नियन्त्रणमा लिएको हो ।

अधिकारीको पक्राउलाई लिएर स्थानीय स्वास्थ्यकर्मीहरूले तीव्र विरोध जनाएका छन् । उनीहरूले मन्त्रीको आलोचना गरेकै कारण बिना पक्राउ पुर्जी अधिकारीलाई नियन्त्रणमा लिइएको आरोप लगाएका छन् ।

‘उनी हेल्थ असिस्टेन्ट हुन् । निजी स्वास्थ्य संस्थामा काम गर्थे, अहिले लोकसेवाको तयारीमा थिए । स्वास्थ्यमन्त्रीले गरेको काम लिएर सामाजिक सञ्जालमा ओलोचना गर्दै आएका थिए । त्यसै कारण पक्राउ गरेको हुनसक्ने हाम्रो अनुमान छ,’ नवेशका सहकर्मीले अनलाइनखबरसँग भने ।

अधिकारीले गत शनिबार फेसबुकमा स्वास्थ्यमन्त्री मेहताको तस्वीर रातो मसिले क्रस गर्दै ‘माफिया मन्त्री’ भनेर पोस्ट गरेका थिए ।

उनले अर्को स्टाटसमा लेखेका थिए, ‘निशा मेहता, तिमी सरकारले प्रत्येक अस्पतालमा गरीब जनताका लागि १० प्रतिशत बेडको व्यवस्था पनि मधेशका कुनै अस्पतालमा लागू गराउन सकेकी छैनौँ। अख्तियार के गर्दैछ? लाज बेचिसक्यौ भने स्वास्थ्य मन्त्री पदबाट राजीनामा देऊ ।’

स्वास्थ्यकर्मीहरूको भनाइ अनुसार सोही फेसबुक पोस्टका आधारमा साइबर ब्युरोमा उजुरी परेको हुनसक्ने र त्यसपछि उनलाई पक्राउ गरिएको हुनसक्ने आशंका गरिएको छ ।

प्रतिक्रिया जनाउनुहाेस्
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन