विज्ञापन

स्वार्थ बाझिने संसदीय उपसमितिमा बसेनन् गणेश धिमाल

विज्ञापन
Image
विज्ञापन

२६ असार, काठमाडौं । सांसदले आफ्नो स्वार्थ बाझिने भनेर संसदीय समिति र संसदीय उपसमितिमा बस्न इन्कार गरेको घटना बिरलै हुन्छन् । कमैले स्वार्थ बाझिने घोषणा गरेर आफू बाहिर रहन्छन् ।

यस्तैमा परेका छन् राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद गणेश धिमाल । धिमाल प्रतिनिधिसभा अन्तर्गतको सार्वजनिक लेखा समितिमा छन् । सार्वजनिक लेखा समितिले बेरुजुमाथि छलफल गर्न पाँच वटा उपसमिति गठन गर्ने तयारी गरेको छ ।

ती उपसमितिमा रहने सदस्यहरूको नाम टुंगो लगाउँदै गर्दा धिमालको नाम समूह ४ मा राखेको थियो । समूह ४ को नाम ‘आर्थिक उत्पादन, विज्ञान र मानव पूँजी’ रहेको छ ।

यसको कार्यक्षेत्रमा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय, कृषि, वन तथा पर्यावरण मन्त्रालय, सूचना तथा सञ्चार मन्त्रालय, विज्ञान प्रविधि तथा नवप्रवर्तन मन्त्रालय, शिक्षा तथा खेलकुद मन्त्रालय, युवा, श्रम तथा रोजगार मन्त्रालय रहेको छ ।

यो उपसमितिमा आफ्नो नाम प्रस्ताव भएपछि धिमालले आफ्नो स्वार्थ बाझिने भनेर बस्न इन्कार गरे । ‘म यो उपसमितिमा नरहने । अर्को कुनैमा राखियोस् । मेरो स्वार्थ बाझिन्छ । म रहन्न’ धिमालले लेखा समितिको बैठकमै भने ।

आफ्नो स्वार्थ बाझिने भनेर सार्वजनिक लेखा समितिको औपचारिक बैठकमै धिमालले भनेपछि उनको नाम समूह २ मा राखिएको छ ।

समूह २ को नाम राज्य सुरक्षा, न्याय, कानुन र प्रशासन राखिएको छ । यो समितिको कार्यक्षेत्रभित्र गृह मन्त्रालय, ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय, रक्षा मन्त्रालय, परराष्ट्र मन्त्रालय, कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालय, सर्वोच्च अदालत, महान्यायधिवक्ताको कार्यालय, संघीय संसद् सचिवालय, लोक सेवा आयोग र निर्वाचन आयोग रहेको छ ।

स्वार्थ बाझिने ठाउँमा रहन हुन्न भन्ने बोध भएकाले अर्को उपसमितिमा नाम सार्न भनेको धिमालले बताए । ‘हाम्रो समितिको कार्यविधिमा कन्फ्ल्टि अफ इन्ट्रेस्टको कुरा छ । जहाँ आफ्नो स्वार्थ बाझिने समूहमा नबसिदिन आग्रह गरिएको छ । कानुनत: बस्न पनि मिल्दैन । तसर्थ मैले आफ्नो नाम अर्को उपसमितिमा सार्न भनेको हुँ’ धिमालले अनलाइनखबरसँग भने ।

नाम सुरुमा प्रस्ताव भएको उपसमितिको कार्यक्षेत्रमा शिक्षा, स्वास्थ्य लगायत अन्य मन्त्रालयगत विषय रहेको र त्यस क्षेत्रमा आफ्नो परिवार रहेको उनले बताए । साथै वनसँग सम्बन्धित क्षेत्रमा पनि परिवारका व्यक्ति रहेकाले त्यसमा पनि बस्न नमिल्ने बताए ।

‘प्रस्तावित समितिमा रहेर मैले काम गर्दै गर्दा निश्पक्ष काम गर्न सक्दिन, स्वार्थमा रहेर काम गर्न कतै उत्प्रेरित हुन सक्छु भन्ने लागेर पहिल्यै सतर्क भनेर अर्को समितिमा बस्न खोजेको हुँ’ धिमालले भने ।

शिक्षा क्षेत्रमा परिवारका सदस्य, वन क्षेत्रमा परिवारका सदस्यले काम गरिरहेकाले आफ्नो स्वार्थ बझिने बुझाइ आफ्नो रहेको उनले सुनाए ।

स्वार्थ बाझिने ठाउँमा रहेर सांसदले काम गर्न हुन्न भन्ने बुझाइमा समेत आफू रहेको उनले बताए ।

उनी भन्छन्, ‘असर समाज निर्माण र समाजलाई समृद्ध बनाउने अभियानमा हामी नै पहिला क्लिन भएनौं भने, हामीले नै हिडन इन्ट्रेस्ट लिएर आयौं भने, केही स्वार्थ समूहको, सरोकार समूहको कुरा लिएर आयौं भने पहिलाको बेतिथीलाई अब पनि अन्त्य गर्न सकिँदैन् भन्ने मेरो बुझाइ छ ।’

यही बुझाइका साथ आफूले स्वार्थ बाझिने उपसमितिमा बस्न इन्कार गरेको उनले बताएका छन् ।

धिमाल बारा क्षेत्र नम्बर १ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य हुन् । कानुनी पेसा, विद्यार्थी राजनीति र सामाजिक अभियानबाट उदाएका धिमाल बारा जिल्लाका चिन्तनशील तथा परिवर्तनमुखी युवा नेताका रूपमा परिचित नेता हुन् । उनी पेसाले कानुन व्यवसायी हुन् ।

धिमालले नेपाल विद्यार्थी संघबाट राजनीतिक यात्रा सुरु गरेका थिए । विद्यालय जीवनदेखि नै विद्यार्थी राजनीतिमा सक्रिय धिमाल २०७४ सालसम्म नेपाली कांग्रेसको क्रियाशील सदस्य थिए ।

२०७९ सालमा कांग्रेस परित्याग गरेर राष्ट्रिय स्वतन्त्र पार्टीमा आबद्ध भएका थिए ।

२०७९ सालको प्रतिनिधिसभा निर्वाचनमा धिमाल बारा क्षेत्र नम्बर १ बाट राष्ट्रिय स्वतन्त्र पार्टीका तर्फबाट उम्मेदवार बनेका थिए । चुनाव जित्न सकेनन् ।

गत २१ फागुन २०८२ को चुनावमा फेरि उम्मेदवार भए र चुनाव जिते । हाल प्रतिनिधिसभा अन्तर्गतको सार्वजनिक लेखा समिति सदस्य छन् ।

प्रतिक्रिया जनाउनुहाेस्
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन