विज्ञापन

कोशीमा पहिलोपटक हुँदै ‘हिक भिजन एक्सपेरियन्स एक्स्पो २०२६’

विज्ञापन
Image
विज्ञापन

२५ साउन, विराटनगर । सुरक्षा प्रविधिको क्षेत्रमा काम गरिरहेको ब्रान्ड हिकभिजनले कोशी प्रदेशमा पहिलो पटक ‘हिकभिजन एक्सपेरियन्स एक्स्पो २०२६’ आयोजना गर्ने भएको छ । ३१ साउनमा मोरङको विराटचोकमा रहेको नेपालरिका होटलमा एक्स्पो आयोजना गर्न लागेको हो ।

आर्टिफिसियल इन्टेलिजेन्ससहित सुरक्षा प्रणालीको क्षेत्रमा काम गरिरएको हिकभिजनका नयाँ उत्पादन र प्रविधिलाई प्रदर्शनीमा राखिने नेपालका लागि आधिकारिक वितरक म्याक्सिमा मल्टी नेशनल ट्रेडिङ प्राली प्रमुख मनिकुमार तामाङले जानकारी दिए ।

उनका अनुसार एक्सपोमा घरेलु तथा साना व्यवसायको सुरक्षा प्रणाली, एकीकृत ट्राफिक व्यवस्थापन, व्यावसायिक अडियो व्यवस्थापन, प्रदर्शनी तथा शैक्षिक संस्था व्यवस्थापन सम्बन्धि प्रविधि, अग्रिम जानकारी दिने अलराम सुरक्षा प्रणाली,ताररहित घर सुरक्षा प्रविधि र नविनतम उत्पादनका ८ वटा स्टलहरु रहनेछन् ।
एक्स्पोमा पछिल्लो समय देखिएका सुरक्षा चुनौतीहरूलाई प्रविधिले कसरी सहज बनाउँछ भन्ने विषयमा विज्ञहरूले जानकारी दिनेछन् ।

कोशी प्रदेशमा पहिलोपटक हुन लागेको एक्स्पोको व्यवस्थापन एल्पनाइन टेक्नोलोजीज विराटनगर, प्यारागन आइटी सोलुसन इटहरी, आरएस कम्युटर दमक र तेजस्वी कम्युटर सपोर्ट विर्तामोडले गरिरहेका छन् ।

एक्स्पोले व्यवसायिक र घरेलु सुरक्षा प्रणालीलाई थप प्रविधिमैत्री बनाउनका लागि सहयोग गर्ने एल्पनाइन टेक्नोलोजीजका सञ्चालक सुरज ढुंगानाले जानकारी दिए ।

प्रतिक्रिया जनाउनुहाेस्
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन