विज्ञापन

गोसाइँकुण्ड पुगेका पर्यटकहरू वैकल्पिक मार्गबाट काठमाडौं फर्कन थाले

विज्ञापन
Image
विज्ञापन

काठमाडौं: गोसाइँकुण्ड पुगेका आन्तरिक तथा वाह्य पर्यटकहरू वैकल्पिक मार्गबाट काठमाडौं फर्कन थालेका छन् । रसुवाको भोटेकोशी बाढीपछि धुन्चेतर्फको नियमित मार्ग बन्द भएपछि गोसाइँकुण्ड पुगेकाहरू गोसाइँकुण्ड–दुप्चेश्वर–काठमाडौं हुँदै वैकल्पिक मार्गबाट काठमाडौं फर्कन थालेका हुन् ।

नियमित मार्ग बन्द भएपछि काठमाडौं–टोखा–छहरे–गड्खार पुल–आप्र–नर्जा–लच्याङ–सरमथली–पाटीखर्क हुँदै बोगटीटार–कालिकास्थान–धुन्चे सडकखण्ड ४ चक्के साना सवारीसाधन सञ्चालन हुने गरी सञ्चालन गरिएको छ । सोहि मार्ग हुँदै काठमाडौं फर्कन लागेकाहरूले बाटो केहि कठिन भएपछि फर्कन पाउँदा खुसी लागेको बताएका छन् ।

रसुवाको भोटेकोशी बाढीका कारण रसुवामा मात्रै १२ वटा पुल बगाएको छ भने अधिकांश सडक खण्ड समेत बाढीको चपेटामा परेको छ ।

प्रतिक्रिया जनाउनुहाेस्
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन