Friday, December 27

तिहारमा अत्यधिक खपत हुने कुचो अन्य बेला भारत निर्यात

काठमाडौँ । नेपालमा तिहारमा अत्यधिक खपत हुने कुचो अन्य बेला भारत निर्यात हुँदै आएको छ । भन्सार विभागका अनुसार चालु आर्थिक वर्ष २०८१/०८२ को तीन महिनामा ३३ करोड ७ लाख रुपैयाँको कुचो निर्यात भएको हो ।

गत आर्थिक वर्ष २०८०/८१ को तीन महिनाको तुलनामा चालु आर्थिक वर्षको सोही अवधिमा कुचो निर्यात घटेको विभागको तथ्याङ्कमा उल्लेख छ । गत आर्थिक वर्षको तीन महिनामा ३६ करोड ७३ लाख रुपैयाँको कुचो निर्यात भएको थियो । चालु आर्थिक वर्षको साउन, भदौ र असोजमा ३३ करोड ७ लाख रुपैयाँको कुचो निर्यात भएको छ ।

चालु आर्थिक वर्षमा तीन महिनामा ४२ लाख ७७ हजार किलो कुचो निर्यात भएको छ भने गत आर्थिक वर्ष ३० लाख ६२ हजार किलोको नेपाली कुचो निर्यात भएको थियो । नेपाली कुचोको बजार भारत मात्रै रहेको छ । इलाम, पाँचथर, सङ्खुवासभा, काभ्रे, सिन्धुपाल्चोक लगायत देशका विभिन्न जिल्लामा अम्रिसो उत्पादन हुन्छ  । यही अम्रिसो कुचोको लागि भारत निर्यात हुन्छ ।

आर्थिक वर्ष २०८०/२०८१ मा भारतमा १ करोड ३५ लाख ६२ हजार किलो अम्रिसो १ अर्ब ३२ करोड ५२ लाख रुपैयाँ भारत निर्यात भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *