Monday, December 23

दश वर्षमा कति रुपैयाँले बढ्यो कफीको मूल्य ?

काठमाडौँ । नेपाली कफीको मूल्य दश वर्षमा २० देखि १४७ रुपैयाँले वृद्धि भएको छ । राष्ट्रिय चिया तथा कफी विकास बोर्डका अनुसार दश वर्ष (२०७२ देखि २०८१) मा प्रतिकिलो कफीको मूल्य २० देखि १४७ रुपैयाँले वृद्धि भएको छ । बोर्डले किसानबाट खरिद गर्ने कफीको मूल्य निर्धारण गर्दै आएको छ । सोको आधार १० वर्षमा प्रतिकिलो २० देखि १४७ रुपैयाँले वृद्धि भएको हो ।

बोर्डका अनुसार फ्रेश चेरी ए ग्रेडको २०७२ सालमा ८० रुपैयाँ प्रतिकिलो थियो । २०८१ सालमा दश वर्षपछि २५ रुपैयाँले वृद्धि भएर १०५ रुपैयाँ प्रतिकिलो पुगेको छ ।

यस्तै, फ्रेश चेरी बी ग्रेडको दशक अघि ७५ रुपैयाँ प्रतिकिलो निर्धारण गरिएको थियो । यो वर्ष ९५ रुपैयाँ निर्धारण गरिएको छ । फ्रेश चेरी बी ग्रेडको दश वर्षमा २० रुपैयाँले बढेको छ ।

यस्तै, पार्चमेन्ट ए ग्रेडको कफीको मूल्य प्रतिकिलो ४ सय थियो भने यो वर्ष ५ सय ३५ रुपैयाँ प्रतिकिलो निर्धारण गरिएको छ । यो कफीको मूल्य १३५ रुपैयाँले वृद्धि भएको छ । यस्तै, यही कफी बी ग्रेडको पहिला ३७५ रुपैयाँ प्रतिकिलो थियो भने, अहिले ४८२ रुपैयाँ पुगेको छ । १०७ रुपैयाँले वृद्धि भएको छ ।

यस्तै, ड्राईचेरी ए ग्रेड कफीको मूल्य दश वर्ष पहिला १४० रुपैयाँ प्रतिकिलो थियो भने, अहिले २८० रुपैयाँ निर्धारण गरिएको छ । यो कफीको मूल्य प्रतिकिलो १४० रुपैयाँले वृद्धि भएको बोर्डले जनाएको छ । यही कफी बी ग्रेडको एक सय रुपैयाँ प्रतिकिलो पर्ने अहिले २४७ रुपैयाँ प्रतिकिलो पुगेको छ । दश वर्षमा प्रतिकिलो १४७ रुपैयाँले वृद्धि भएको बोर्डले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *