Monday, December 23

रास्वपा लक्षित प्रधानमन्त्रीको प्रश्न- सहकारी ठगी गरेर अरुलाई गाली गर्ने?

७ मंसिर, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान सरकारले कुनै पनि भ्रष्टाचार र ठगी गर्नेलाई कारबाही गरेरै छाड्ने दाबी गरेका छन् । शुक्रबार काठमाडौँको दरबारमार्गमा आयोजित जनसभालाई सम्बोधन गर्ने क्रममा प्रधानमन्त्री ओलीले कसैको अनुहार नहेर्ने र गल्ती गर्नेलाई कारबाही गर्ने बताए।

प्रधानमन्त्री ओलीले भने, ‘कुनै पनि प्रकारको भ्रष्टाचार सैह्य हुने छैन । कुनै पनि प्रकारको ठगी सैह्य हुने छैन । कसैलाई पनि नेकपा एमाले र अहिलेको सरकारले जुनसुकै पक्षको होस् अनुहार हेर्दैन । कारबाही गर्छ ।’

साथै, उनले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) तिर लक्षित गर्दै भने, ‘यहाँ त उल्टै कति कति सहकारीमा ठगीका प्रमाणहरू छन् । आफैँ सहकारी ठगी गर्ने अनि अरुलाई गाली गर्ने ?’

उनले आफ्नो दल र सरकार शान्तिको पक्षमा रहेको पनि उल्लेख गरे । ‘विश्वस्तरमा पनि हामी परस्परमा एकताको भावनामा छौं,’ प्रधानमन्त्री ओलीले भने ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *