Monday, December 23

बीआरआईबारे प्रतिनिधि सभामा छलफल हुनुपर्छ : विमलेन्द्र निधि

७ मंसिर, जनकपुर । नेपाली कांग्रेसका नेता विमलेन्द्र निधिले चीन भ्रमणको क्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले चिनियाँ परियोजना बीआरआईमा हस्ताक्षर गर्न नहुने बताएका छन् । बीआरआई सही हो कि होइन भनेर प्रतिनिधि सभामा छलफल हुनुपर्ने पनि उनले बताए ।

जनकपुर विमानस्थलमा आज पत्रकारहरुसँग कुरा गर्दै नेता निधिले भने, ‘प्रधानमन्त्रीज्यूले अहिलेयित्तिकै अवस्थामा बीआरआईमा हस्ताक्षर गर्नुहुन्न।’

यसबारे कांग्रेस सभापति शेरबहादुर देउवाले पनि प्रधानमन्त्री ओलीलाई भनिसकेको उनको भनाइ छ । उनले भने, ‘अमेरिकी परियोजना एमसीसीमा पनि बृहत् छलफल भएको थियो । बीआरआईमा पनि छलफल आवश्यक छ ।’ बीआरआईमार्फत ऋण नभई अनुदान मात्र लिनुपर्ने कांग्रेसको स्पष्ट अडान रहेको उनले बताए ।

बीआरआईलाई लिएर अहिलेको सरकारलाई कुनै असर नपर्ने उनले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *