Monday, December 23

मुसिकोट औधोगिक एवं व्यापार मेला १२ पुसदेखि

२१ मंसिर, गुल्मी । गुल्मीको मुसिकोटमा दोस्रो मुसिकोट औधोगिक एवं व्यापार मेला महोत्सव हुने भएको छ ।

मुसिकोट उद्योग वाणिज्य संघ गुल्मीको आयोजनामा १२-२१ पुससम्म दोस्रो मुसिकोट कृषि, पर्यटन, सांस्कृतिक, औद्योगिक एवं व्यापार महोत्सव २०८१ हुने भएको हो ।

बामीटक्सारमा १० दिनसम्म सञ्चालन हुने महोत्सवमा जिल्लामा रहेका साना तथा मझौला उद्योगबाट उत्पादन हुने सामग्रीहरूको प्रदर्शनी हुने महोत्सव प्रचारप्रसार समिति संयोजक वसन्त अधिकारीले जानकारी दिए ।

महोत्सवबाट जिल्लामा उत्पादित कृषि प्रर्दशनी, बजारीकरण लगायतमा टेवा पुर्‍याउने उदेश्य रहेको उनले बताए ।

उनका अनुसार महोत्सवमा विभिन्न औधोगित क्षेत्रबाट उत्पादित सामग्रीसँगसँगै गुल्मी जिल्लाका विभिन्न जाति विशेषका खानाका परिकार, विविध संस्कृति झल्कने झाँकी पनि प्रर्दशन गरिने छ ।

‘कृषि, पर्यटन, जलस्रोत उद्योग र व्यापार, मुसिकोटको समृद्धिको आधार’ भन्ने नारा तय गरेर महोत्सवबाट गुल्मीको कृषि, घरेलु औधोगिकसँगै पर्यटकीय क्षेत्रहरूको प्रवर्द्धन र प्रचार प्रसार हुने मुसिकोट उद्योग वाणिज्य संघका वारिष्ठ उपाध्यक्ष ज्ञानहरि सापकोटाले बताए ।

नेपालमै कफी खेत सुरुवात गर्ने क्षेत्र मुसिक‍ोट रहेकाले त्यसको प्रचारप्रसारसँगै प्रवर्द्धन महोत्सवमा गरिने भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *