मोरड्ड । विराटनगर महानगरपालिका वडा नं. ४ का बासिन्दाहरुलाई नोबेल मेडिकल कलेज टिचिङ्ग हस्पिटलले उपचारकालागि नोबेल आउदा विशेष छुट उपलव्ध गराउने भएको छ । गत मिति २०८१ मंसिर २३ गते विराटनगर महानगरपालिका वडा नं. ४ का वडा अध्यक्ष जितन थापा तथा नोबेलका अस्पताल निर्देशक प्रा. डा. राजेश नेपाल बीच सम्झौता पत्रमा हस्ताक्षर भई सो कार्यको सुभारम्भ भएको हो ।
अस्पतालले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत स्थानिय बासिन्दाहरुलाई उपचारमा विशेष छुट दिन लागिएको सम्झौता पत्रमा हस्ताक्षर गर्ने क्रममा आयोजित कार्यक्रममा नोबेल मेडिकल कलेज टिचिङ्ग हस्पिटलका अस्पताल निर्देशक डा. नेपालले बताए । उ
नका अनुसार वडा कार्यालयको सिफारिसमा विपन्न विरामीहरुलाई छुट दिने गर्ने गरिएको थियो तर अव स्थानिय बासिन्दाहरुलाई औपचारिक रुपमा नै घोषणा गरी यो सहुलियतलाई थप सरल बनाइएको छ । कार्यक्रममा वडा अध्यक्ष थापाले सवै प्रकारको उपचार सेवा प्राप्त हुने र उपचारको लागि अन्यत्र गई रहन नपर्ने आफ्नै घर आगनमा रहेको शिक्षण अस्पतालले थप सहुलियत पनि प्रदान गर्ने भएकोले स्थानिय बासिन्दाहरुलाई आर्थिक रुपमा समेत राहत पुग्ने विस्वास व्यक्त गरेका थिए ।
सम्झौता २०८१ मंसिर २३ गतेबाट लागु भई २०८२ असार मसान्त सम्म कायम रहने र सो अवधी भरमा अस्पताल सेवामा वडा नं. ४ का विरामीहरुलाई २५ प्रतिशत, अपरेसन शुल्क र औषधीमा १० प्रतिशत उपलव्ध हुने छ । सामाजिक सुरक्षा कोष अन्तर्गत रहेका विरामीहरुलाई भने नियमानुसार भुक्तानी गर्नु पर्ने २० प्रतिशत सहभुक्तानी छुट हुने छ । कार्यक्रमको प्रभावकारिता हेरी आपसी सहमतिमा सम्झौता नविकरण गरिने सम्झौतामा उल्लेख गरिएको छ । यो सुविधा लिनको लागि विरामीले आफ्नो परिचय खुल्ने कागजात पेश गर्नु पर्ने छ ।