Tuesday, December 24

एचआईडीसीएलको लाभांश घोषणा, बोलायो साधारणसभा

२६ मंसिर, काठमाडौं । जलविद्युत् लगानी तथा विकास कम्पनी (एचआईडीसीएल)ले लगानीकर्तालाई लाभांश घोषणा गरेको छ ।

कम्पनीको सञ्चालक समिति बैठकले सेयरधनीलाई ५.२५ प्रतिशत नगद लाभांश घोषणा गरेको हो । साथै कम्पनीले पुस २४ गतेका लागि साधारणसभा बोलाएको छ ।

पुस १२ गते बुक क्लोजको मिति तय गरेको छ । यो लाभांश सरकारको स्वीकृति पश्चात साधारणसभाबाट पारित भएपछि वितरण हुने कम्पनीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *