Tuesday, January 7

नर्सिङ काउन्सिलकी अध्यक्षको अभिव्यक्तिमा सांसदको प्रतिवाद

१९ पुस, काठमाडौं । नेपाल नर्सिङ काउन्सिलकी अध्यक्ष सरला केसीले लाइसेन्स परीक्षामा विद्यार्थी अनुत्तीर्ण भएपछि सांसदको फोन आउने गरेको गुनासो गरेकी छिन् ।

शुक्रबार संसदको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयकमाथि छलफलको क्रममा अध्यक्ष केसीले गुनासो गरेकी हुन् ।

उनले भनिन्, ‘नर्सिङ परिषद्ले लाइसेन्स परीक्षा लिन्छ । परीक्षामा १२ पटकसम्म फेल हुन्छन् । माननीयको फोन आउँछ-सजिलो प्रश्न बनाइदिनुहोस् । नेपालीबाट सोध्नुहोस् भनेर ।’

अध्यक्ष केसीले नर्सिङलाई हलुका रुपले नलिन पनि सांसदहरूलाई आग्रह गरिन् । ‘नर्सिङलाई हलुका सोचेको जस्तो लाग्छ, हल्का फुल्का नलिइयोस्,’ उनले भनिन् ।

अध्यक्ष केसीको टिप्पणीमा एमाले सांसद प्रभु हजराले भने प्रतिवाद गरे । उनले सबै माननीयलाई एकै ठाउँमा राखेर बद्‌नाम नगर्न आग्रह पनि गरे ।

‘माननीय माननीय भनेर बद‌्नाम नगर्नुहोस् । त्यस्ता माननीयको नाम टिपेर राख्नुहोस्,’ उनले भने । कुनै एक सांसदले फोन गरेको भरमा सबै मानीयलाई जोड्न नहुने हजराको भनाइ छ ।

त्यसपछि अध्यक्ष केसीले आफूले सबै माननीयलाई नभनेको जवाफ फर्काइन्। उनले भनिन्, ‘माफ गर्नुहोस् । सबै माननीयलाई भनेको छैन।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *