काठमाडौँ । सत्ता साझेदार दल नेपाली कांग्रेसका दुई भातृ संस्थाले वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीमाथि भएको आक्रमणको विरोध गरेका छन् ।
बिहीबार पार्टीका दुवै भातृ संस्थाले अलग–अलग विज्ञप्ति निकालेर विरोध गरेका हुन् । तरुण दल अध्यक्ष विद्वान गुरुङ र नेविसंघ प्रवक्ता सुरज सेजुवालले विज्ञप्ति निकालेर घटनाको विरोध तथा दोषीलाई कारबाहीको माग गर्दै सरकारको ध्यानाकर्षण गराएका छन् ।
बुधबार रास्वपा सभापति रवि लामिछाने सम्बन्धी बहस सकिएर अदालत बाहिर निस्किने क्रममा वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीमाथि आक्रमणको प्रयास भएको थियो । जसको चौतर्फी विरोध भइरहेको छ ।